लन्डन । ओखलढुंगा जिल्ला समाज, यूकेले ओखलढुंगाको सिमानामा स्वागतद्वार निर्माणका लागि फेब्रुअरी १७ तारिख शनिबार एक च्यारिटी डिनर कार्यक्रम गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा समाजका अध्यक्ष नानीबाबु मगरको सभापतित्व र राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा च्यारिटी डिनर भएको हो ।
उक्त च्यारिटी डिनर र चन्दा गरि हालसम्म करिब १६ हजार पाउण्डको प्रतिवद्धता आएको समाजका महासचिव नारायण गुरुङले जनाए । करिब तीस लाख रुपैयांको लागतमा मानेभन्ज्याङ गाउंपालिकामा पर्ने हर्कपुरमा स्वागतद्वार बनाउने लक्ष्य संस्थाको छ ।
मन्तव्यका क्रममा प्रमुख अतिथी राजदूत सुवेदीले समाजको पूण्यकामको मुक्त कण्ठले प्रशंसा गर्दै ओखलढुंगाको ऐतिहासिक, साहित्यिक, सांस्कृतिक तथा भौगोलिक विशेषता रहेको चर्चा गरे ।
अध्यक्ष नानीबाबु मगरले ओखलढुंगा जिल्लासंगै जोडिएको सिन्धुली, उदयपुर एवम खोटाङ जिल्लाको सिमा नजिक पर्ने सो स्वागत द्वारले त्यस क्षेत्रको सौन्दर्यलाई थप मोहक बनाउने विश्वास व्यक्त गर्दै सहयोगदाताप्रति आभार व्यक्त गरे ।
कार्यक्रम सम्वोधन गर्ने क्रममा सल्लाहकार शिवजी श्रेष्ठले ओखलढुंगा नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि, सांगीतिक, साहित्यिक क्षेत्रमा समेत आफ्नो बेग्लै प्रभाव राख्न सफल जिल्लाको रुपमा परिचित रहेको बताउंदै यस जिल्लाबाट बेलायतमा ब्रिटिश सेना तथा अन्य रुपमा आइ बसोबास गर्नेहरुको संख्या उल्लेख्य रहेको बताए । श्रेष्ठले उक्त स्वागतद्वार बनेपछि राजदूत सुवेदीलाई एकपटक गइदिन पनि आग्रह गरेका थिए ।
सन् २०१५ मा स्थापित उक्त संस्थाले यसअघि पनि जिल्लाका लागि विभिन्न सहयोग गर्दै आएको छ । गत वर्ष ओखलढुंगामा ५६ वर्ष अगाडि स्थापित स्थानीय सामुदायिक अस्पतालमा रहेको रक्तसंचार केन्द्रका लागि ‘मेडिकल फ्रिज’ प्रदान गरिएको संस्थाका सल्लाहकार श्रेष्ठले बताए ।
विष्णुराज गुरुङले संयोजन गरेको दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा वरिष्ठ गायिका मिरा राणा, ओखलढुंगे गायिका मौसमी गुरुङसहित स्थानीय कलाकार अमृता गिरी गजुरेल लगायतले गायन प्रस्तुत गरे । गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, अमृता गजुरेल आदिले नृत्य प्रस्तुत गरेका थिए । राफल ड्र, कमेडी प्रस्तुति र डिजे पनि कार्यक्रमका अरु आकर्षण थिए ।
कार्यक्रममा पाइपर धुनले राजदूत र अन्य अतिथीहरुको स्वागत गरिएको थियो ।
तस्विर- शिव भण्डारी
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न