लन्डन । ओखलढुंगा जिल्ला समाज, यूकेले ओखलढुंगाको सिमानामा स्वागतद्वार निर्माणका लागि फेब्रुअरी १७ तारिख शनिबार एक च्यारिटी डिनर कार्यक्रम गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा समाजका अध्यक्ष नानीबाबु मगरको सभापतित्व र राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा च्यारिटी डिनर भएको हो ।
उक्त च्यारिटी डिनर र चन्दा गरि हालसम्म करिब १६ हजार पाउण्डको प्रतिवद्धता आएको समाजका महासचिव नारायण गुरुङले जनाए । करिब तीस लाख रुपैयांको लागतमा मानेभन्ज्याङ गाउंपालिकामा पर्ने हर्कपुरमा स्वागतद्वार बनाउने लक्ष्य संस्थाको छ ।
मन्तव्यका क्रममा प्रमुख अतिथी राजदूत सुवेदीले समाजको पूण्यकामको मुक्त कण्ठले प्रशंसा गर्दै ओखलढुंगाको ऐतिहासिक, साहित्यिक, सांस्कृतिक तथा भौगोलिक विशेषता रहेको चर्चा गरे ।
अध्यक्ष नानीबाबु मगरले ओखलढुंगा जिल्लासंगै जोडिएको सिन्धुली, उदयपुर एवम खोटाङ जिल्लाको सिमा नजिक पर्ने सो स्वागत द्वारले त्यस क्षेत्रको सौन्दर्यलाई थप मोहक बनाउने विश्वास व्यक्त गर्दै सहयोगदाताप्रति आभार व्यक्त गरे ।
कार्यक्रम सम्वोधन गर्ने क्रममा सल्लाहकार शिवजी श्रेष्ठले ओखलढुंगा नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि, सांगीतिक, साहित्यिक क्षेत्रमा समेत आफ्नो बेग्लै प्रभाव राख्न सफल जिल्लाको रुपमा परिचित रहेको बताउंदै यस जिल्लाबाट बेलायतमा ब्रिटिश सेना तथा अन्य रुपमा आइ बसोबास गर्नेहरुको संख्या उल्लेख्य रहेको बताए । श्रेष्ठले उक्त स्वागतद्वार बनेपछि राजदूत सुवेदीलाई एकपटक गइदिन पनि आग्रह गरेका थिए ।
सन् २०१५ मा स्थापित उक्त संस्थाले यसअघि पनि जिल्लाका लागि विभिन्न सहयोग गर्दै आएको छ । गत वर्ष ओखलढुंगामा ५६ वर्ष अगाडि स्थापित स्थानीय सामुदायिक अस्पतालमा रहेको रक्तसंचार केन्द्रका लागि ‘मेडिकल फ्रिज’ प्रदान गरिएको संस्थाका सल्लाहकार श्रेष्ठले बताए ।
विष्णुराज गुरुङले संयोजन गरेको दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा वरिष्ठ गायिका मिरा राणा, ओखलढुंगे गायिका मौसमी गुरुङसहित स्थानीय कलाकार अमृता गिरी गजुरेल लगायतले गायन प्रस्तुत गरे । गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, अमृता गजुरेल आदिले नृत्य प्रस्तुत गरेका थिए । राफल ड्र, कमेडी प्रस्तुति र डिजे पनि कार्यक्रमका अरु आकर्षण थिए ।
कार्यक्रममा पाइपर धुनले राजदूत र अन्य अतिथीहरुको स्वागत गरिएको थियो ।
तस्विर- शिव भण्डारी
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार