बर्दिवास-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अबको कार्यभार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायित्व र समृद्धि हुने बताएका छन् ।
शनिबार महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–८ बेङ्खाडीबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान घोषणापछि त्यसको कार्यान्वयनको एकचरण सम्पन्न भएकाले अब सबैको ध्यान समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएका हुन्।
नेकपा माओवादी केन्द्र महोत्तरी समितिले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुक नयाँ युगमा प्रवेश गरेको चर्चा गर्दै अब स्थायित्व, समृद्धि र आमजनतालाई सुशासनको अनुभूति गराएर समाजवादतर्फ अघि बढ्नु पर्नेमा जोड दिए । मुलुकमा वाम गठबन्धनको सरकार बनिसकेकाले अब यो अभियानको नेतृत्व आफूहरुले गर्ने उनको भनाइ थियो ।
“जनताले यिनीहरुले चाहिँ मुलुकलाई स्थायित्व दिन सक्छन् भनेर वाम गठबन्धनलाई विश्वास दिएका छन्”, प्रचण्डले भने, “अब जनताको विश्वासमा हामी खरो उत्रिन सक्नुपर्छ ।” सभामा अध्यक्ष प्रचण्डले एमाले–माओवादी केन्द्र एकीकरणको कुरा निर्णायक मोडमा पुगेको चर्चा गर्दै फुटाउन खोज्ने तत्वहरु सक्रिय रहेकाले दुवै पक्ष चनाखो भएर अघि बढ्न आवश्यक रहेको औँल्याए ।
पार्टी एकीकरणका लागि चौतर्फी दबाब बढाउन अपिल गर्दै प्रचण्डले भने, “तपाईंहरु एमाले–माओवादी जुन पार्टीमा भए पनि आ–आफ्नो ठाउँबाट एकताका लागि बल पुरयाउनुहोस्, जनताको दबाबले एकीकरण चाँडै टुङ्ग्याउन सघाउ पुग्नेछ ।” सभामा अध्यक्ष प्रचण्डले राजपा नेपालका केन्द्रीय सदस्य अनिल बस्नेतसहितका सयौँ कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए ।
यसअघि अध्यक्ष प्रचण्डले बर्दिवास–८ हाथीलेटमा आयोजित सम्मान समारोहमा जिल्लाका १०३ जना पुराना कम्युनिष्ट कार्यकर्तालाई अभिनन्दन गरेका थिए । समारोहस्थलमै संवाददाताहरुको जिज्ञासामा अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सरकारमा सहभागी हुँदैन कि भन्ने आशङ्का नगर्न अपिल गरे ।
“हामीले सरकार बनाइसक्यौँ, अब यसको विस्तारको कुरा छ”, प्रचण्डले भने, “पार्टी एकीकरणको कुरा सकारात्मक रुपमा अघि बढेकाले सबै कुरा एकीकरणसँगै जोडेर प्याकेजमा सहमति हुन्छ, अनि हामी सरकारमा सहभागी हुन्छौँ ।” यो चरण सर्त वा अन्य अर्थमा नबुझी एकीकरणलाई बल दिने अर्थमा बुझ्न अध्यक्ष प्रचण्डले संवाददाताहरुसँग आग्रह गरे ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने