
प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा नियुक्ति भएपछि प्रदेश प्रमुखको कार्यालयमा बिहीबार पत्रकारसँग कुरा गर्दै त्रिलोचन भट्ट । तस्वीर – सिद्धराज भट्ट, धनगढी, रासस
कैलाली- प्रदेश नं ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टले सात सदस्यीय प्रदेश सरकार गठन गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा शनिबार आयोजित समारोहमा नवनियुक्त मुख्यमन्त्री र अन्य मन्त्रीलाई प्रदेश प्रमुख मोहनराज मल्लले पद तथा गोपनियताको शपथ गराए ।
जसमा नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह आन्तरिक मामिला तथा कानून मन्त्री भएका छन् । यस्तै एमाले कैलालीका जिल्ला अध्यक्ष दीर्घबहादुर सोडारीले सामाजिक बिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
पठानसिं बोहराले प्रभावशाली मानिने भौतिक पूर्वाधार विकास मन्त्रालय पाएका छन् । यस्तै माओबादी केन्द्रका सल्लाहकार तथा बैंकर झपट बोहराले आर्थिक तथा योजना मन्त्री भएका छन् ।
यस्तै माया भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पाएकी छन् भने विनिता चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भएकी छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने