
प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा नियुक्ति भएपछि प्रदेश प्रमुखको कार्यालयमा बिहीबार पत्रकारसँग कुरा गर्दै त्रिलोचन भट्ट । तस्वीर – सिद्धराज भट्ट, धनगढी, रासस
कैलाली- प्रदेश नं ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टले सात सदस्यीय प्रदेश सरकार गठन गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा शनिबार आयोजित समारोहमा नवनियुक्त मुख्यमन्त्री र अन्य मन्त्रीलाई प्रदेश प्रमुख मोहनराज मल्लले पद तथा गोपनियताको शपथ गराए ।
जसमा नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह आन्तरिक मामिला तथा कानून मन्त्री भएका छन् । यस्तै एमाले कैलालीका जिल्ला अध्यक्ष दीर्घबहादुर सोडारीले सामाजिक बिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
पठानसिं बोहराले प्रभावशाली मानिने भौतिक पूर्वाधार विकास मन्त्रालय पाएका छन् । यस्तै माओबादी केन्द्रका सल्लाहकार तथा बैंकर झपट बोहराले आर्थिक तथा योजना मन्त्री भएका छन् ।
यस्तै माया भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पाएकी छन् भने विनिता चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भएकी छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा