भक्तपुर, ५ फागुन – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ ।
भेटवार्तापछि अध्यक्ष ‘प्रचण्ड’ ले पार्टी एकताकाबारेमा छलफल भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो–’पार्टी एकताका विषयमा कुराकानी भएको हो, एकताकाबारेमा छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ, छिटो पार्टी एकता घोषणा गर्ने पहल जारी छ ।’
सो अवसरमा प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भोली पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएकाले त्यसको तयारीका लागि आज दुई अध्यक्ष बिच छलफल भएको जानकारी दिनुभयो ।
भोली बस्ने एकता समितिको बैठकमा पार्टी एकता र सरकारमा सहभागिताका बिषयमा विस्तृत छलफल हुने र त्यसकै तयारीका लागि दुई पार्टीका अध्यक्ष बिच छलफल भएको उहाँको बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]