काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपाल उपविजेतामै सिमित भएको छ । बिहीबार नामिबियामा भएको उपाधि भिडन्तमा कप्तान पारस खड्काको शतकीय पारीका बाबजुद नेपाल ७ रनले पराजित हुन पुगेको हो ।
पहिलो ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा २ सय ७७ रन जोडेको थियो । जवाफी ब्याटिङ उत्रिएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रनमात्र जोड्न सक्यो ।
नेपालका लागि ८ छक्का र तीन चौका प्रहार गरेका पारस खड्काले नटआउट ११२ रन जोडे । यस्तै, दीपेन्द्रसिंह ऐरी ३५, शदर भेषावकरले ३० रन जोडे । ज्ञानेन्द्र मल्लले २४ र रोहित पौडेलले २३ रन जोडे ।
युएईका बलर अमिर हायतले ४ विकेट लिए । यस्तै इमरान हैदरले २ तथा मोहमन्द मुस्ताफ र अहमद राजाले एक एक विकेट लिए ।
यसअघि युईएका लागि अस्फाक अहमदले शतकीय पारी खेलेका थिए । उनले १० चौका र तीन छक्का प्रहार गर्दै ११४ रन जोडे । यस्तै, रोहन मुस्ताफा ५१ र रमिज शाहजाद ४१ त्था समीन अनवरले ४० रनको पारी खेले ।
नेपालका लागि सोमपाल कामी, बसन्त रेग्मी र सन्दीप लामिछानेले एक एक विकेट लिए ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र