
प्रदेश–६ को सुर्खेतमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यालय स्थापना गर्दै प्रदेश मुख्यसचिव सुरेश प्रधान । तस्वीर – लक्ष्मी भण्डारी, सुर्खेत, रासस
सुर्खेत, ३ फागुन – प्रदेश नं ६ मा बिहीबार सात वटा मन्त्रालय स्थापना गरिएका छन् ।
प्रदेश मुख्यसचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित छ मन्त्रालय स्थापना गरिएको बताउनुभयो । प्रदेश नं ६ प्रदेशमा सात वटा मन्त्रालय रहने छन् ।
दुई साताअघि नै क्षेत्रीय प्रशासन कार्यालय भवनमा मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को कार्यालय सञ्चालन भइसकेको छ । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने छन् ।
भवन डिभिजन कार्यालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय स्थापना गरिएको छ । मन्त्रालयका सचिव केशवराज आचार्यले पदभार ग्रहण गरेर काम थालिसक्नुभएको छ । मन्त्रालयको क्षेत्राधिकारभित्र शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्यूरो, विपद् व्यवस्थापन, कानून न्याय तथा प्रदेशसभा र प्रदेश कर्मचारीलगायत पर्छन् । यो मन्त्रालय मुख्यमन्त्रीपछिको शक्तिशाली हो ।
क्षेत्रीय शिक्षा निर्देशनालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय स्थापना गरिएको छ । मन्त्रालयका सचिव ढुण्डी निरौलाले पदभार ग्रहण गरेर काम शुरु गर्नुभएको छ । यो मन्त्रालयले प्रदेशको आर्थिक योजना तथा बजेट निर्माण गर्नेबित्तिकै संस्थाहरुको अनुगमन र नियमन गर्नेछ ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा सामाजिक विकास मन्त्रालय स्थापना गरिएको छ । शिक्षा, स्वास्थ्य, सरसफाइ, महिला, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, भाषा, संस्कृति र श्रम तथा रोजगार यसअन्तर्गत रहने छन् । निमित्त सचिव भक्तबहादुर ढकालले पदभार ग्रहण गरेर कामकाज शुरु गरेका छन् ।
सात मन्त्रालयमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय स्थापना हुन बाँकी छ । डिभिजन सिँचाइको कार्यालयले मात्रै नपुग्ने भएपछि नजिकैको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयसमेतलाई मिलाएर मन्त्रालय स्थापना गरिएको मुख्यसचिव प्रधानले जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा