काठमाडौँ, १ फागुन – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग आग्रह गर्नुभएको छ ।
नेपाल भ्रमणमा आउनुभएका रक्षा राज्यमन्त्री ल्यानकाष्टरसँग आज एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको सो शिष्टाचार भेटमा अध्यक्ष ओलीले सो आग्रह गर्नुभएको हो । जवाफमा ल्यानकाष्टरले हालैको निर्वाचनबाट नेपालमा वाम गठबन्धनले विजय हासिल गरेकामा बधाई दिँदै आफूहरु लगानी बढाउन सकारात्मक रहेको स्पष्ट पार्नुभएको भेटमा सहभागी एमाले नेता डा राजन भट्टराईले जानकारी दिनुभयो ।
राज्यमन्त्री ल्यानकाष्टरले बेलायती सेनामा काम गर्ने पूर्वगोर्खा सैनिकको निवृत्तिभरण सुविधाबारेमा गठित संयुक्त प्राविधिक टोलीले गरिरहेको प्रगतिबारे अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो । नेपाल र बेलायतबीच २०२ वर्ष अघि कूटनीतिक सम्बन्ध स्थापना भएकाले गोर्खा सैनिकमाथि कुनै भेदभाव नहुनेमा विश्वस्त हुन ल्यानकाष्टरले आग्रह गर्नुभएको थियो ।
यस्तै, बेलायती चार्टर एकाउन्टेन्स पढ्ने विद्यार्थीका लागि नेपालमा समकक्षताका लागि देखिएको समस्याबारे पहल गर्न राज्यमन्त्रीले आग्रह गर्नुभएको थियो । नयाँ सरकार गठन र वाम एकता प्रक्रियाबारेमा पनि ल्यानकाष्टरले चासो व्यक्त गर्नुभएको बताइएको छ ।
नेपाल-बेलायतबीच पारस्परिक हितका विषयमा विचार विमर्श
प्रधानमन्त्री शेरबहादुर देउवा र ल्याङ्काष्टरबीच दुई शताब्दी पुरानो नेपाल–बेलायत कूटनीतिक सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच शिष्टाचार भेट भएको हो । प्रधानमन्त्री देउवाले हाल परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएको छ । गत माघ २५ गतेदेखि आफ्नी धर्मपत्नी स्वास्थ्य तथा सामाजिक हेरचाहसम्बन्धी राज्यमन्त्री क्यारोलाइन डाइननेगका साथ नेपालको साताव्यापी भ्रमणमा रहनुभएका ल्याङ्काष्टरले राष्ट्रपति र रक्षामन्त्री तथा नेपाल सरकारका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो