काठमाडौँ, २९ माघ – चालु आर्थिक वर्षको पहिलो छ महिनासम्म उपलब्ध आर्थिक परिसूचकले मुलुकको अर्थतन्त्रमा मिश्रित प्रगति देखाएको छ ।
गैरकृषि क्षेत्रका आर्थिक गतिविधिमा अपेक्षाकृत विस्तार भए पनि कृषि क्षेत्रको उत्पादन अपेक्षा गरेभन्दा केही कम भएको नेपाल राष्ट्र बैंकद्वारा आज जारी प्रतिवेदनमा उल्लेख छ । ऊर्जा उत्पादनमा भइरहेको क्रमिक वृद्धि, आपूर्ति अवस्थामा सुधार र निर्माण क्षेत्रमा आएको तीव्रताले गैरकृषि क्षेत्र विस्तारको गति कायम राख्न सहयोग पुरयाइरहेको हो ।
बाढीले भूक्षेत्र कटान गरेका कारण धानको उत्पादनमा केही ह्रास आएको भए तापनि पर्याप्त वर्षाका कारण मकैको उत्पादनमा भने उल्लेख्य वृद्धि भएकाले समग्र आर्थिक वृद्धिदर सन्तोषप्रद रहने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ । हालसम्म उपभोक्ता मुद्रास्फीति न्यून नै रहे तापनि कृषिजन्य वस्तुको मूल्यमा हुने उतारचढाव र निर्माण सामग्री तथा पेट्रोलियम पदार्थको मूल्य प्रवृत्तिले मुद्रास्फीतिको आगामी परिदृष्य निर्धारण गर्ने देखिन्छ ।
आपूर्ति अवस्था सुदृढ रहेको र सम्भावित मुद्रास्फीतितर्फ विश्वव्यापी रुपमै ध्यान केन्द्रित भएकाले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति लक्षित ७ प्रतिशतको सीमाभित्रै रहने अपेक्षा छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जाको विस्तार निक्षेप वृद्धिको तुलनामा उच्च रहँदै आएको र विप्रेषण आप्रवाहमा आएको कमीका कारण निक्षेप वृद्धि सामान्य रहने देखिएको छ ।
निक्षेप परिचालनको अवस्थालाई दृष्टिगत गरी कर्जा प्रवाह गरिएमा हाल देखिएको वित्तीय असन्तुलन आगामी दिनमा सुधार आउने राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ । बाह्य क्षेत्रतर्फ, चालु आवको पहिलो छ महिनामा आयातमा उच्च वृद्धि भएको एवम् विप्रेषण आप्रवाहमा केही कमी आएकाले चालू खाता घाटामा वृद्धि भई रु ७५ अर्ब ७१ करोड पुगेको छ ।
चालु खातामा मुलुकको समग्र शोधनान्तर रु छ अर्ब ६६ करोडले घाटामा गएको उल्लेख गरिएको छ । तथापि देशको वैदेशिक मुद्रा संचिती १०.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी सुविधाजनक अवस्थामा रहेकाले बाह्य क्षेत्रको स्थायित्व सबल अवस्थामै रहेको छ ।
चालु आवमा २०७४-७५ को छ महिनासम्म कुल वस्तु निर्यात १३.४ प्रतिशतले वृद्धि भई रु ४१ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो निर्यात १४.८ प्रतिशतले वृद्धि भएको थियो । सो अवधिमा भारततर्फ १३.१ प्रतिशत, चीनतर्फ ७०.२ प्रतिशत र अन्य मुलुकतर्फ १०.३ प्रतिशतले निर्यात बढेको छ भने वस्तुगत आधारमा पशुआहार, जुटका सामान, वनस्पति घ्यू, जिङ्क सिट, धागोलगायत वस्तुको निर्यात बढेको छ । जुस, अलैंची, जिआई पाइप, ऊनी गलैँचा, तामाका तारलगायत वस्तुको निर्यात घटेको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात १५ प्रतिशतले बढेर करीव रु पाँच खर्ब ३४ अर्ब पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आयात ६७.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १५.३ , चीनबाट भएको आयात ९.२ र अन्य मुलुकबाट भएको आयात १७.६ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यान्त्रिक तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सुन, पोलिथिन ग्रेनियुल्सलगायत वस्तुको आयात बढेको तथा कृषि औजार तथा पार्टपुर्जा, सेनिटरीवेयर्स, खाने तेल, ड्राइसेल ब्याट्री, तयारी पोशाकलगायत वस्तुको आयात घटेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा