
प्रदेश नं १ का नवनिर्वाचित सभामुख प्रदीपकुमार भण्डारी, श्रीमति भण्डारी तथा जेष्ठ सभामुख ओमप्रकाश सरावगी सहित प्रदेश सचिवालयका कर्मचारीहरुसंग सामूहिक तस्वीर खिचाउँदै । तस्वीर – मनोज दाहाल, रासस
विराटनगर, २९ माघ – प्रदेश नं १ को प्रदेशसभाका ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुख पदमा प्रदीपकुमार भण्डारीलाई आज निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
यसअघि आज प्रदेशको संसद् शुरु भएपछि सभामुख पदको एकमात्र उम्मेदवार रहनुभएका प्रदीपकुमार भण्डारीलाई निर्वाचित गरियोस् भनी प्रस्ताव टेबुल गरिएको थियो ।
ज्येष्ठ सदस्य एवं सभाका सञ्चालक ओमप्रकाश सरावगीले प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेलाई सभामुख पदका एकमात्र उम्मेदवार भण्डारीको प्रस्ताव पेश गर्न निर्देशन जारी गर्नुभयो ।
प्रदेशसभा सदस्य न्यौपानेले प्रदेशसभा सञ्चालनका लागि सभामुखको खाँचो रहेको भन्दै संविधानको मर्म, भावनालाई आत्मसात् गरी संयुक्त वाम गठबन्धनको तर्फबाट प्रदीपकुमार भण्डारीलाई संविधानको धारा १८ को १८२ को १ बमोजिम र प्रदेशसभा अन्तरिम कार्यविधि सञ्चालनको दफा ६ (१) अनुसार प्रदेशसभाको सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव राख्नुभयो ।
सभा सञ्चालक ज्येष्ठ सदस्यको निर्देशअनुसार प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले स्वतन्त्र र निष्पक्ष ढंगले प्रदेशसभा सञ्चालनका लागि सभामुखको आवश्यकता रहेकाले प्रदेश सदस्य न्यौपानेको प्रस्तावलाई समर्थन गर्न प्रस्ताव टेबुल गर्नुभयो ।
प्रदेशसभा सदस्यहरुले सर्वसम्मत ढंगले सो प्रस्तावलाई समर्थन गरेपछि ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुख पदमा प्रदीपकुमार भण्डारी निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो ।
प्रदेशसभा आज दिउँसो १ बजेर १९ मिनेटमा शुरु भएर १ बजेर ३५ मिनेटसम्म सञ्चालन भएको थियो ।
थापा प्रदेश नं ७ को सभामुख निर्वाचित
धनगढी, २९ माघ – प्रदेश नम्बर ७ को प्रदेशसभाको आज बसेको बैठकले बझाङबाट निर्वाचित नेकपा (एमाले) का सांसद अर्जुनबहादुर थापा प्रदेशसभाको सभामुख पदमा निर्विरोध निर्वाचित गरेको छ ।
प्रदेशसभाको पहिलो अधिवेशनको आज भएको दोस्रो दिनको बैठकमा सभामुखको भूमिका निर्वाह गर्नुभएका ज्येष्ठ सांसद दिव्येश्वरी शाहले सांसद अर्जुनबहादुर थापालाई प्रदेश नम्बर ७ को प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस् भनी एउटा मात्र प्रस्ताव प्राप्त हुन आएकाले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उहाँ प्रदेशसभाको सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
ज्येष्ठ सदस्य शाहले सांसद थापा सभामुख पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा उहाँको सफल कार्यकालका लागि हार्दिक शुभकामनासहित बधाई दिनुभएको थियो ।
यसअघि बैठकमा सभामुखको अनुमति लिएर प्रस्तावक नेकपा (एमाले) का सांसद दीर्घबहादुर सोडारीले सांसद अर्जुनबहादुर थापालाई सभामुखमा निर्वाचित गरियोस् भनी दर्ता गराउनुभएको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तावकले प्रस्ताव पेश गर्नु भएपछि नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्टले समर्थन गर्नुभएको थियो ।
प्रदेशसभाको अर्को बैठक २०७४ फागुन ६ गते दिउँसो १.०० बजे सम्मका लागि स्थगित गरिएको छ ।
प्रदेश नं ३ मा मन्त्रिमण्डल गठन
हेटौंडा, २९ माघ – प्रदेश नं ३ का नवनियुक्त प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो मन्त्रिपरिषद्मा आज अपराह्न दुई मन्त्री नियुक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख अनुराधा कोइरालाले नवनियुक्त मन्त्री केशव स्थापित र शालिकराम जमरकट्टेललाई आज अपराह्न पद तथा गोपनीयताको शपथ गराउनुभयो । स्थापितलाई भौतिक योजना तथा पूर्वाधार विकास र जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो ।
अर्को मन्त्रिपरिषद् विस्तार नहुञ्जेल बाँकी पाँच मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्नु हुने मन्त्रिपरिषद् कार्यालयका सचिव रेश्मीराज पाण्डेले बताउनुभयो ।
नवनियुक्त मन्त्री स्थापित र जमरकट्टेलले ३ नं प्रदेशका जनताको चाहनाबमोजिम विकास निर्माणको काम निष्पक्ष र पारदर्शी ढंगले गर्ने बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने