लण्डन । बेलायती प्रधानमन्त्री टेरेजा मे लण्डनमा स्थानीय निकायको चुनाव लड्दै गरेका लक्ष्य गुरुङको चुनावी अभियानमा सामेल भएकी छन् ।
लण्डन बरो अफ बार्नेटमा सत्तारुढ कञ्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर पदका उम्मेदवार लक्ष्य गुरुङलाई प्रधानमन्त्री मेले विजयको लागि शुभकामना दिंदै उनको प्रचारमा समेत सहभागी बनेकी हुन् ।
मेले गुरुङसंग चुनावी अभियान कसरी अघि बढ्दैछ भन्ने जिज्ञाशा राखेकी थिइन् ।
‘चुनावी अभियानमा हामी सबै उम्मेदवारहरुलाई सघाउन प्रधानमन्त्री आफै आउँदा हामीहरु एकछिन त आश्चर्यचकित भयौं। उहाँसंगको कुराकानीबाट मैले उहाँ निकै सहृदयी, इमान्दार र अरुको ख्याल गर्ने खालको नेता भएको अनुभव गरें,’ गुरुङले भने ।
शनिबार बिहान आफ्नो पार्टीको चुनावी अभियानबारे बुझ्न प्रधानमन्त्री लण्डनको बार्नेट काउन्सिलमा पुगेकी थिइन् ।
सोही काउन्सिलको हेल वार्डबाट गुरुङलाई कञ्जरभेटिभ पार्टीले आफ्नो उम्मेदवार बनाएको हो । ‘अहिलेसम्म मैले मतदाताहरुबाट निकै सकारात्मक र उत्साहपूर्ण प्रतिकृया पाइरहेको छु,’ उनले भने ।
आउँदो मे ३ तारिखका दिन हुन गैरहेको चुनावमा सत्तारुढ कञ्जरभेटिभ पार्टीले मुख्य विपक्षी लेबर पार्टीबाट कडा चुनौती व्यहोर्नु पर्ने आँकलन गरिंदै रहेका बेला आफ्नो पार्टीका उम्मेदवारहरुको मनोबल बढाउन प्रधानमन्त्री मे आफै चुनावी अभियानमा सहभागी भएकी थिइन् ।
यसअघि उनको चुनावी अभियानमा हेण्डन क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद डा. म्याथु अफोर्ड पनि सहभागी भएका थिए ।
बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ गैरआवासीय नेपाली संघको युरोप क्षेत्रमा पूर्व उपसंयोजक पनि हुन् । उनलाई हालै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले गोर्खासंबन्धी सहयोग उपसमितिको अध्यक्षमा मनोनयन गरेको छ ।
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न