काठमाडौँ, २८ माघ – नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नाम छनोट गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराही पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार समावेशी समूह मिलाई ४१ जना प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोट गरेको गरी उक्त नामावली आजै निर्वाचन आयोगसमक्ष पेश गरिएको बैठकपछि पार्टीका सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका सदस्यहरुमा मुकुन्द न्यौपाने (खसआर्य-पुरुष), विजय सुब्बा (आदिवासी जनजाति-पुरुष), मोहन बानियाँ (पिछडिएको क्षेत्र-पुरुष), मोतीलाल दुगड (मधेशी-पुरुष), थममाया थापा (आदिवासी जनजाति-महिला) रहनुभएको छ ।
त्यसैगरी, डा शिवमाया तुम्बाहाम्फे (आदिवासी जनजाति-महिला), सुजिता शाक्य (आदिवासी जनजाति-महिला), रामकुमारी झाँक्री (आदिवासी जनजाति-महिला), बिना श्रेष्ठ (आदिवासी, जनजाति-महिला), तुल्सी थापा (आदिवासी जनजाति-महिला), नविना लामा (आदिवासी जनजाति-महिला), शान्तिमाया तामाङ पाख्रिन (आदिवासी जनजाति-महिला), कुमारी मेचे (आदिवासी जनजाति-महिला) रहनुभएको छ ।
त्यस्तै, बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति-महिला), राधाकुमारी ज्ञवाली (खसआर्य-महिला), बिन्दा पाण्डे (खस आर्य-महिला), गोमा देवकोटा (खस आर्य-महिला), कल्याणीकुमारी खड्का (खसआर्य-महिला), निरुदेवी पाल (खस आर्य-महिला), मनकुमारी जिसी (खस आर्य-महिला), मायादेवी न्यौपाने (खस आर्य-महिला), विष्णु शर्मा (खस आर्य-महिला), सरिता न्यौपाने (खस आर्य-महिला), मैनाकुमारी भण्डारी (खस आर्य-महिला), तीर्था गौतम (खस आर्य-महिला), शान्ता चौधरी (थारु-महिला), लक्ष्मीकुमारी चौधरी (थारु-महिला), गंगा चौधरी (सत्गौवा) (थारु-महिला) हुनुहुन्छ ।
त्यसैगरी निरादेवी जैरु (दलित-महिला), विमला विश्वकर्मा (दलित-महिला), विमला विक (दलित-महिला), पार्वतीकुमारी विसुंखे (दलित-महिला), सानु शिवा (दलित-महिला), आशाकुमारी विक (दलित-महिला), जुलीकुमारी महतो (मधेशी-महिला), डा पुष्पाकुमारी कर्ण कायस्थ (मधेशी-महिला), सरलाकुमारी यादव (मधेशी-महिला), रेखाकुमारी झा (मधेशी-महिला), सरिताकुमारी गिरी (मधेशी-महिला), कालिला खान (मुस्लिम-महिला) र समिना हुसेन (मुस्लिम-महिला) रहनुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक