काठमाडौँ- ब्याटिङ असफल भएपछि नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत दोस्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ ।
शुक्रबार नामिवियाको विन्डहोकस्थित अफिज पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १३९ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा ओमनले ३५ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरयो । प्रतियोगितामा दुई खेल खेलेको नेपालको यो पहिलो हार हो ।
बिहीबार भएको पहिलो खेलमा नेपालले नामिवियालाई एक विकेटले पराजित गरेको थियो ।
दुई खेल नै खेलेको ओमानको यो पहिलो जीत हो । बिहीबार भएको खेलमा ओमान क्यानडासँग आठ विकेटले पराजित भएको थियो । ओमानको जीतमा अकिव इल्यासले सर्वाधिक ४६ रनको योगदान दिए । यस्तै वैभव वाटेगाओनकरले नटआउट ३७, जतिन्दर सिंहले २४ र कप्तान सुल्तान अहेमद १६ रनमा नटआउट रहे ।
नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । सोमपाल कामी र वसन्त रेग्मीले एक एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा समेटिएको थियो ।
नेपालका लागि शरद् भेषवाकरले सर्वाधिक २२ रन बनाए । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २०, दिलीप नाथले १७, कप्तान पारस खड्काले १७ तथा रोहित पौडेलले १४ रन बनाए भने कामी १७ रनमा नटआउट रहे ।
नेपाललाई अलआउट गर्न ओमानका कलिमुल्लाह एक्लैले ४ विकेट तथा बिलाल खानले २ विकेट लिएका थिए । नेपालले अब आइतबार युएइसँग तथा ओमानले नामिबियासँग खेल्नेछन् ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा