काठमाडौँ- ब्याटिङ असफल भएपछि नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत दोस्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ ।
शुक्रबार नामिवियाको विन्डहोकस्थित अफिज पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १३९ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा ओमनले ३५ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरयो । प्रतियोगितामा दुई खेल खेलेको नेपालको यो पहिलो हार हो ।
बिहीबार भएको पहिलो खेलमा नेपालले नामिवियालाई एक विकेटले पराजित गरेको थियो ।
दुई खेल नै खेलेको ओमानको यो पहिलो जीत हो । बिहीबार भएको खेलमा ओमान क्यानडासँग आठ विकेटले पराजित भएको थियो । ओमानको जीतमा अकिव इल्यासले सर्वाधिक ४६ रनको योगदान दिए । यस्तै वैभव वाटेगाओनकरले नटआउट ३७, जतिन्दर सिंहले २४ र कप्तान सुल्तान अहेमद १६ रनमा नटआउट रहे ।
नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । सोमपाल कामी र वसन्त रेग्मीले एक एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा समेटिएको थियो ।
नेपालका लागि शरद् भेषवाकरले सर्वाधिक २२ रन बनाए । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २०, दिलीप नाथले १७, कप्तान पारस खड्काले १७ तथा रोहित पौडेलले १४ रन बनाए भने कामी १७ रनमा नटआउट रहे ।
नेपाललाई अलआउट गर्न ओमानका कलिमुल्लाह एक्लैले ४ विकेट तथा बिलाल खानले २ विकेट लिएका थिए । नेपालले अब आइतबार युएइसँग तथा ओमानले नामिबियासँग खेल्नेछन् ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता