सुर्खेत- प्रदेश नं ६ मा बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी भएका छन् ।
जारी मतगणनामा अपाङ्ता-अल्पसंख्यकबाट नेकपा (माओवादी केन्द्र) का जीवनबहादुर बुढा र दलितबाट पञ्चायतकालीन समयमा उपप्रधानपञ्च भइसक्नुभएका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
बुढाले तीन हजार ७२० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए । बुढाका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालप्रसाद शर्माले ९७८ मत प्राप्त गरेका थिए । त्यस्तै, लुहारले तीन हजार ६६६ मत ल्याए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका मित्रलाल सार्कीले ९६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।
यसैगरी महिलातर्फ वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । एक हजार १६२ मतभार कोटा निर्धारण गरिएकामा वाम गठबन्धनका महिलातर्फका उम्मेदवार युटुल लामा, कविता बोगटी र नन्दा शर्माले निर्धारण गरेको मतभार कोटा क्रस गरेकाले विजय भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।
विजेता महिलाहरुमा एमालेबाट शर्मा र बोगटी छन भने युटुल माओवादी केन्द्रकी हुन । बाँकी खुलातर्फको मतगणना शुरु गरिएको बताउँदै उनले यसको नतिजा राति १२ बजेसम्म आउने बताए ।
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन