
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले सल्लाहकार परिषदको पहिलो ऐतिहासिक बैठक औपचारिक रुपमा गर्ने निर्णय गरेको छ । फार्नबोरोस्थित होटल भिलेजमा यहि १८ फेब्रुअरी आइतबार बिहान ११. ३० बजे देखि कार्यक्रम तय भएको हो ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी, एनआरएनए यूकेका संरक्षक, सल्लाहकार, कार्यसमिति तथा एनआरएनए अभियन्ताबीच एक परिचयात्मक कार्यक्रमका साथै सल्लाहकारहरुलाई औपचारिक सम्मान तथा सल्लाहकारहरुबाट संस्थाको गरिमा उंचो बनाउन सुझाव र सल्लाह लिने कार्यक्रम तय गरिएको छ ।
एनआरएनए यूकेको यस कार्यसमितिले हालसम्म गरेको कार्यक्रमको प्रस्तुति एवं समिक्षा, आगामी दिनमा हुने कार्यक्रमको जानकारी प्रदान गर्नुका साथै सो बैठकमा प्राप्त सल्लाहकारहरुको सुझाव तथा सल्लाहलाई मनन गरि संस्थाको अल्प, मध्य तथा दीर्घकालीन रणनीतिहरु तय गरिने कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ ।
संघले एनआरएनए यूकेका सम्पूर्ण संरक्षक, सल्लाहकारहरु, एनआरएन अभियन्ता तथा पदाधिकारीसमक्ष यसै सार्वजनिक सूचनालाई निमन्त्रणा स्वीकारी अभियानमा साथ दिन अनुरोध गरेको छ ।
फार्नबोरोस्थित होटल भिलेजमा ब्यवस्थापकीय एवं दिवा भोज प्रवन्धका लागि होटल ब्यवस्थापनलाई अग्रीम जानकारी दिनुपर्ने भएको जनाउंदै संघले फेब्रुअरी ११ तारिखसम्म उपस्थित तथा असमर्थताको जानकारी गराउन समेत अनुरोध गरेको छ । सोका लागि मोबाइल नम्बर ०७७८७१९३९२८, ०७५७८५७१४७८ वा इमेल- [email protected] प्रदान गरिएको छ ।
कार्यक्रमको थप जानकारीका लागि कार्यसमितिका पदाधिकारीहरु वा अध्यक्ष योगकुमार फगामीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा