जनकपुरधाम- प्रदेश नं २ को सरकार निर्माणका लागि सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताबीचको वार्ता निष्कर्षविहीन भएको छ ।
दुवै दलका शीर्ष नेताबीच मंगलबार जनकपुरधामको सीताशरण होटलमा बिहान नौ बजेदेखि थालिएको वार्ता साँझसम्म पनि निष्कर्षमा पुग्न नसकेको हो ।
दुवै दलबीच सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँडलगायत विषयमा सहमति हुन नसकेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको बुझिएको छ ।
प्रदेश नं २ मा सङ्घीय समाजवादी फोरम नेपालको २९, राष्ट्रिय जनता पार्टीको २५, नेकपा (एमाले) को २१, नेपाली काँग्रेसको १९, नेकपा (माओवादी केन्द्र) को ११, नेपाल सङ्घीय समावादी पार्टीको एक र स्वतन्त्र एक सांसद छन् ।
बैठकमा सहभागी राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले चाँडै नै पुनः वार्ता गरी यस बिषयलाई निष्कर्षमा पुरयाइने बताए ।
बैठकमा फोरमबाट अध्यक्ष उपेन्द्र यादव, नेताद्वय रेणु यादव र लालबाबु राउत गद्दी तथा राष्ट्रिय जनता पार्टीबाट अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु शरत्सिहं भण्डारी, राजेन्द्र महतो, महेन्द्र यादव र अनिल झाको सहभागिता थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने