जनकपुरधाम- प्रदेश नं २ को सरकार निर्माणका लागि सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताबीचको वार्ता निष्कर्षविहीन भएको छ ।
दुवै दलका शीर्ष नेताबीच मंगलबार जनकपुरधामको सीताशरण होटलमा बिहान नौ बजेदेखि थालिएको वार्ता साँझसम्म पनि निष्कर्षमा पुग्न नसकेको हो ।
दुवै दलबीच सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँडलगायत विषयमा सहमति हुन नसकेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको बुझिएको छ ।
प्रदेश नं २ मा सङ्घीय समाजवादी फोरम नेपालको २९, राष्ट्रिय जनता पार्टीको २५, नेकपा (एमाले) को २१, नेपाली काँग्रेसको १९, नेकपा (माओवादी केन्द्र) को ११, नेपाल सङ्घीय समावादी पार्टीको एक र स्वतन्त्र एक सांसद छन् ।
बैठकमा सहभागी राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले चाँडै नै पुनः वार्ता गरी यस बिषयलाई निष्कर्षमा पुरयाइने बताए ।
बैठकमा फोरमबाट अध्यक्ष उपेन्द्र यादव, नेताद्वय रेणु यादव र लालबाबु राउत गद्दी तथा राष्ट्रिय जनता पार्टीबाट अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु शरत्सिहं भण्डारी, राजेन्द्र महतो, महेन्द्र यादव र अनिल झाको सहभागिता थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार