लन्डन । बेलायती आर्मड फोर्सेस मन्त्री मार्क ल्यानक्यास्टरले यसै साता नेपाल भ्रमण गर्ने भएका छन् ।
गत वर्ष संसदमा ब्रेक्जिट वहसले व्यस्त हुनु परेको जनाउंदै अन्तिम समयमा भ्रमण रद्द गरेका मन्त्री ल्यान्क्यासटरले यही ९ देखि १३ फेब्रुअरीसम्म नेपाल भ्रमण गर्न लागेका हुन् । मन्त्री ल्यानक्यास्टरका साथ ब्रिटिश आर्मी चिफ अफ जनरल स्टाफ निकोलस कार्टर समेत रहनेछन् ।
लन्डनस्थित नेपाली दूतावास श्रोतका अनुसार, मन्त्रीले नेपालमा रहंदा सरकारका उच्च पदस्थ पदाधिकारीहरुलाई भेट्नुका साथै गोर्खाहरुको एटेस्टेसन परेड (भर्ती भएर बेलायत आउन लागेका गोर्खाको परेड) अवलोकन गर्ने कार्यक्रम छ । नेपालमा तीन तहको निर्वाचन सम्पन्न भएर नयां सरकार गठन प्रक्रिया अगाडि बढिरहंदा बेलायती मन्त्रीको भ्रमणले दुई देशबीच पारस्परिक सम्वन्ध अरु बढ्ने विश्वास गरिएको छ ।
मन्त्री ल्यानक्यास्टर भूपू गोर्खा मागप्रति जानकार छन् । कुनै बेला ब्रिगेड अफ गोर्खाजमा समेत कार्यरत उनी रक्षामन्त्री हुंदा लन्डनस्थित नेपाली दूतावासको समन्वयमा भूपू गोर्खा समस्या समाधानका लागि भएका वार्तामा समेत बसेका थिए ।
भूपू गोर्खाहरुले लामो समयदेखि समान पेन्सन लगायत माग राखेर आन्दोलन गर्दै आएका छन् । भूपू गोर्खाका ६ वटा संस्थाका अध्यक्ष र बेलायती सांसद एवं रक्षा मन्त्रालय (एमओडी) पदाधिकारीसंग कयौं वार्ता भएपनि निष्कर्षमा पुग्न भने बांकी छ ।
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित