पोखरा, २१ माघ – राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिर्ने बताउनुभएको छ ।
खेलकुद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले खेल पर्यटनलाई सँगसँगै जोडेर लान सकिनेमा जोड दिनुभयो । आगामी दक्षिण एसियाली खेलकुद (साग) का छ खेल पोखरामा खेलाउने तयारी गरिएको र थप दुई खेल पनि खेलाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सागमा महिला फुटबल, महिला तथा पुरुष भलिबल, धनुकाँड, ट्राइथोलन, ब्याडमिण्टन र ह्याण्डबल खेलाउने तयारी गरिसकिएको छ भने मुक्केबाजी र उसु पनि खेलाउन सकिने सम्भावना छ ।
पोखरा रंशालाको प्यारापिट निर्माणका लागि रु एक अर्ब २५ करोड र लनटेनिस कोर्ट निर्माणका लागि रु चार करोड ५० लाख विनियोजन भइसकेको तथा अन्य पूर्वाधार पनि निर्माण भइरहेको उहाँले बताउनुभयो ।
परिषद् यतिखेर खेल क्षेत्रमा विद्यमान आर्थिक अनियमितता र भ्रष्टाचार रोक्न लागिपरेको बताउँदै उहाँले विद्यमान विकृति विसंगतिको अन्त्यमा सरोकार भएका सबैको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा