धनुषा- संघीय समाजवादी फोरम नेपालले संसदीय दलका नेता निर्वाचनको माध्यमबाट चयन गर्ने भएको छ ।
भोलि आइतबार हुने प्रदेश नं २ प्रदेशसभाको पहिलो बैठक सन्दर्भमा बसेको फोरमको प्रदेशसभा सदस्यको बैठकले संसदीय दलका नेता प्रक्रियागत रूपमा निर्वाचनको माध्यमबाट चयन गर्ने निर्णय गरिएको छ ।
निर्वाचन सम्पन्न गराउन पार्टीका तराई मधेश समितिका अध्यक्ष रेणु यादवको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको छ । सदस्यहरूमा प्रदेश समितिका मुख्यसचिव शम्भु झा, सचिव शेषनारायण यादव रहेका छन् । निर्वाचन समितिले आफैँ कार्यविधि तयार पारी निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्ने बताइएको छ ।
त्यसैगरी बैठकबाट भोलि हुने पहिलो प्रदेशसभा बैठकका लागि प्रदेशसभाका विभिन्न समिति सदस्यहरू समेत चयन गरेको छ । बैठकबाट प्रदेशसभा अध्यक्ष मण्डलमा सञ्चमाया मोक्तान, कार्यव्यवस्था तथा परामर्श समिति सदस्यमा ज्ञानेन्द्रकुमार यादव, योगेन्द्रराय यादव र नियमावली मस्यौदा समितिमा सरोज सिंहलाई चयन गरिएको छ ।
त्यसैगरी, बैठकबाट दलको नियमावलीका लागि राम आशिष यादवको संयोजकत्वमा तीन सदस्यीय नियमावली मस्यौदा समिति गठन गरिएको छ । सो समितिको सदस्यमा सञ्जय यादव र पारस साह सदस्य छन् ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता