लन्डन । संयुक्त अधिराज्य (बेलायत) का लागि आवासीय राजदूत डा. दुर्गाबहादुर सुवेदी माल्टाका लागि समेत राजदूत नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २ फेब्रुअरी शुक्रबार (२०७४ साल माघ १९ गते) नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई माल्टाका लागि समेत नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन् ।
सुवेदी एक वर्षअघि २० औं राजदूतका रुपमा लन्डन आएका थिए । सुवेदीले लन्डन दूतावासमा जिम्मेवारी सम्हालेपछि ढिलासुस्ती, भ्रष्टाचार, भेदभाव र अशिष्ट व्यवहार कदापी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै आएका छन् । कन्भेन्सनल डिप्लोपेसी, पोलिटिकल डिप्लोमेसी, डेपलप्मेन्ट डिप्लोमेसी एवं सोसियो कल्चरल डिप्लोमेसी आफ्नो प्राथमिकता रहेको डा. सुवेदी बताउंछन् ।
दूतावासको सेवा छिटो, सहज र सुलभ बनाउन समेत उनी प्रयत्नरत छन् । भूपू गोर्खाहरुका माग सम्वोधन गर्न बेलायत सरकारसंग विभिन्न चरणमा वार्ता गरेका सुवेदी निष्कर्षमा भने पुग्न सकेका छैनन् ।
उनी आयरल्याण्डका लागि पनि राजदूत हुन् । झण्डै तीन दशक परराष्ट्र सेवामा बिताएका सुवेदीले यसअघि नेपाली राजदूतावास बर्मामा द्वितीय सचिव, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा प्रथम सचिव तथा नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसन एवं बहराइनमा कार्यवहाक राजदूतको भूमिका निर्वाह गरिसकेका छन् ।
बेलायतस्थित लिड्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा एमए र त्रिभुवन विश्वविद्यालयबाट नेपालको परराष्ट्र र कुटनीति विषयमा विद्यावारिधी गरेका उनी साहित्यमा ‘दुबसु’ का नामले चिनिन्छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]