लन्डन । लन्डनमा पहिलो पटक वृहत ‘कविता कन्सर्ट’ हुने भएको छ । नेप्लिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) ले नेपाली भाषा साहित्यको उत्थान एवं सर्लाहीका द्वन्द्व पीडित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले उक्त पृथक च्यारिटी कार्यक्रम गर्न लागेको हो ।
लन्डन सडबरीस्थित हिमालयन क्लवमा बुधबार सांझ आयोजित प्रेस मिटमा आयोजकले अहिले नेपालका सर्वाधिक लोकप्रिय युवा कवि नवराज पराजुलीको प्रमुख प्रस्तुतिमा कविता कन्सर्ट गर्न लागिएको जानकारी दिएका छन् । उक्त कन्सर्टमा बेलायतको नेपाली डायस्पोरामा कलम चलाइरहेका केही चर्चित श्रष्टाहरुको समेत कविता वाचन हुनेछ ।
कार्यक्रम संयोजक एनबीसी यूके सल्लाहकार रामशरण सिम्खडाले कविता कन्सर्ट आगामी १० मार्च, शनिबार सांझ लन्डन ग्रीनफोर्ड टाउन हलमा हुने जनाए । ‘हामीले बेलायतमा विल्कुल पृथक कार्यक्रम गर्ने जमर्को गरेका छौं’, संयोजक सिम्खडाले भने, ‘पैसा तिरेर कविता सुन्न मानिस आउने नआउने जोखिमबीच ठूलै कार्यक्रम आंटिएको छ । यस्तो कार्यक्रम गर्नुको दुई उद्देश्य छन्- नेपाली साहित्यको उत्थान र प्रवर्धन एवं नेपालका द्वन्द्व पीडित बालबालिकाका लागि आर्थिक सहयोग जुटाउनु ।’
कन्सर्टमा करिब ५ सय जना उतार्ने र टिकेट सकेसम्म जोडी वा ‘बल्क’ मा परिवारलाई बेच्ने अनि प्रायोजकबाट उल्लेख्य रकम जुटाउने योजनामा आयोजक छन् । उक्त कार्यक्रमबाट बचेको सम्पूर्ण रकम द्वन्द्वकाल तथा तराई आन्दोलनमा आफ्ना बाबु आमा गुमाई असहज परिस्थितिमा बांचिरहेका हरिवन घुर्कयौली सर्लाहीस्थित चेतना सन्देश नेपालको संरक्षण रहेका बालबालिकालाई पठाइने संयोजक सिम्खडाले जनाए ।
चेतना सन्देश नेपाल संस्थामा हाल ४२ जना बालबालिका संरक्षित छन् । संस्थामा आश्रित बालिकाहरुका लागी छुट्टै आवास ब्यवस्था हुन नसक्दा पर्न गएको अप्ठ्यारो मनन गर्दै छुट्टै बालिका आवास र ‘इ लाइब्रेरी’ कक्ष बनाउने अभियानमा संकलित सबै रकम पारदर्शीरुपमा प्रयोग गरिने आयोजकको प्रतिवद्धता छ । यसअघि उक्त संस्थाका लागि एनआरएनए यूके महिला विभाग र धादिङ नुवाकोट समाज यूकेले पनि आर्थिक सहयोग गरेका थिए ।
सिम्खडाले उक्त पवित्र कार्यक्रममा बेलायतस्थित सबैको सहयोग रहने आशा पनि व्यक्त गरे ।
कार्यक्रम सफल बनाउन मिलन घिमिरे (अध्यक्ष), रामशरण सिम्खडा (कार्यक्रम संयोजक), कमल पौडयाल (सह संयोजक) र सदस्यहरु कमलराज खनाल, चुडामणी रेग्मी, ऋषि खनाल, समिरनाथ प्याकुरेल, लेखनाथ घिमिरे र अन्जु सिग्देल सम्मिलित ‘स्टेरिङ कमिटी’ समेत बनाइएको छ ।
कार्यक्रममा नेप्लिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) का संयोजक मिलन घिमिरेले स्थापनाको झण्डै ८ वर्ष अवधिमा संस्थाले उल्लेख्य सामाजिक मानवीय कार्यक्रम गरेको जानकारी दिंदै सिमान्तकृत कान्धाका चेपाङ वस्ती, भूकम्प पीडित र बाढी पीडितलाई सहयोग लगायतका मानवीय क्रियाकलाप गरेको जनाए ।
कार्यक्रममा एनबीसी यूके संस्थापक अध्यक्ष कमल पौडयाल, पूर्व अध्यक्षहरु गंगा राना, कमलराज खनाल, सल्लाहकार कृष्ण तिमल्सेना, समिरनाथ प्याकुरेल, ऋषि खनाल, वसन्त नेपाल लगायतले विभिन्न सुझाव र जिज्ञासा मेटाएका थिए ।
सचिव चुडामणी रेग्मीले अपिल पढेर सुनाएका थिए ।
तस्विर- शिव भण्डारी
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न