काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को उच्चस्तरीय कार्य सम्पादन समितिले यही माघ १९ गते प्रदेश नं ३ को सम्मेलन काठमाडाैंमा गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष पशुपतिशम्शेर जवराको अध्यक्षतामा केन्द्रीय कार्यालय चाबहिलमा बुधबार बसेको बैठकले उक्त प्रदेशको विकास निर्माणमा अब पार्टीले निर्वाह गर्ने भूमिकाकाबारे सम्मेलनमा छलफल तथा पार्टीका प्रदेश तहका नेतालाई विभिन्न जिम्मेवारी प्रदान गर्ने भएको छ ।
नयाँ संरचनाअनुसार पार्टी संगठन निर्माण र विस्तार गर्नका लागि सोहीअनुसारको जनवर्गीय संगठन निर्माण गर्ने तथा प्रदेशगत आधारमा वार्षिक योजना निर्माणका लागि छलफल गरिएको छ ।
सचिवालय प्रमुख राजाराम श्रेष्ठका अनुसार सम्बन्धित प्रदेशले पार्टीका गतिविधि फैलाउन विभिन्न तहमा पार्टी प्रशिक्षण कार्यक्रम गरी संगठन सुदृढीकरण अभियान सञ्चालन गरिनेछ । पार्टी नेताले १५ साधारण सदस्य बनाउने नेतालाई मात्र सक्रिय सदस्यता प्रदान गर्ने भएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा