
काठमाडौँ, १५ माघ – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेतासहित कार्यदलको संयुक्त बैठकमा आसन्न राष्ट्रियसभाको निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउने विषयमा छलफल भएको छ ।
एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान भएको बैठकले अन्य साना दलसँगको सहकार्यको सम्भावनाबारे लाग्न र दुवैका मतदातालाई आफ्ना उम्मेदवार विजयी गराउन निर्देशन दिएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपल श्रेष्ठले जित सुनिश्चित नहुने भएमा प्रदेश नं ३ का आफ्ना उम्मेदवार वेदुराम भुसाललाई फिर्ता गराइने विषयमा पनि गृहकार्य भएको जानकारी दिनुभयो । निर्वाचनमा एमालेले २९ र केन्द्रले १४ उम्मेदवार दिने पूर्व सहमति छ ।
यही माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभाको निर्वाचनअन्तर्गत आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित कार्यदलमा रहेका नेताहरु बैठकमा सहभागी हुनुहुन्थ्यो ।
अध्यक्ष ओली र दाहालको आपसी छलफलपछि आइतबारको कार्यदलको बैठकले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँडबारे सहमति गरेको थियो ।
यसैबीच कार्यदलको सिफारिश, राष्ट्रियसभा निर्वाचन, पार्टी एकताबारे छलफल गर्न मंगलबार बिहान १० बजे एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता