लन्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को छैठौं युरोपेली सम्मेलन तथा युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता आउंदो २०१८ अप्रिल २१ र २२ गते लन्डनमा हुने भएको छ ।
कार्यक्रम तालिका अनुसार, २१ अप्रिलमा युरोपका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहितको उपस्थितिमा इनास युरोपको छैठौं यूरोप स्तरीय वृहत भेला हुनेछ भने कार्यक्रमको दोश्रो दिन छैठौं युरोप महादेश स्तरीय नृत्य तथा तेश्रो महादेश स्तरीय गायन प्रतियोगिता गरिनेछ । गायन तथा नृत्य विद्याका प्रतियोगीहरुका लागि नियमावली समेत निर्धारण गरिएको छ ।
प्रतियोगितामा युरोपका विभिन्न देशबाट गायन र नृत्य विद्यामा दुई-दुई जना र आयोजक देशबाट दुवै विद्यामा तीन-तीन जनाले भाग लिन पाउनेछन् ।
बेलायतबाट इच्छुक सहभागिहरुका लागि १७ फेब्रुअरी २०१८ का दिन लन्डनमा अडिशन गर्न लागिएको यूके संरक्षक एवं ग्लोबल सचिव मनिषकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति बनाइएको पनि श्रेष्ठले बताए । उक्त अडिशनबाट छानिएका दुवै विद्याका ६ जनाले अन्य देशबाट आएका प्रतियोगीहरुसंग २२ अप्रिलमा हुने युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगितामा प्रथम हुनेले इनास युरोप महादेशका लागि एक वर्षे कार्यकाल रहने गरी इनासको अवैतनिक मानार्थ सद्भावना दूत नियुक्त गरिनुका साथै ‘इनास यूरोप नेपाली डान्सिङ्ग स्टार २०१८’ को उपाधि सहित नगद ७०१ युरो, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास यूरोप नेपाली डान्सिङ्ग स्टार फस्ट रनर अप २०१८’ र ‘इनास यूरोप नेपाली डान्सिङ्ग स्टार सेकेन्ड रनर अप २०१८’ को विशेष उपाधि सहित क्रमशः ५०१ यूरो र ३०१ यूरो नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ ।
अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै मायाको चिनो स्वरुप ट्रफी र प्रमाण पत्र प्रदान गर्ने आयोजकको तयारी छ । साथै विजयीहरुलाई इनास आफैंले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुमा नृत्य प्रस्तुतिका लागि अवसर प्रदान गर्नेछ । यस अलवा चलचित्र, म्युजिक भिडियोहरुमा समेत अभिनयका लागि अवसर प्रदान गरिने आयोजकले बताएको छ ।
इनासले गत वर्षको संस्करण डेनमार्कको कोपनहेगनमा आयोजना गरेको थियो । विश्वव्यापी रुपमा फैलंदै गरेको उक्त संस्थाले नेपाल लगायत विभिन्न देशमा नेपाली फिल्म अवार्ड कार्यक्रम समेत गर्दै आएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण