इटहरी- मनाङ मस्र्याङदी क्लबलाई १-० ले पराजित गर्दै यहाँ जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ ।
मदन भण्डारी फाउण्डेशनको सहयोगमा राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा शनिबार भएको फाइनल खेलमा थ्री स्टारले ३७ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । विमल घर्तीमगरको पासमा चेम्जोङले गोल गरेका थिए ।
निकै प्रतिष्पर्धात्मक बनेको उक्त खेलमा त्यसपछि गोल हुन सकेन र थ्री स्टारले उपाधिमाथि कब्जा जमायो । उपाधिसँगै थ्री स्टारले रु १२ लाख हात पारेको छ ।
झण्डै दुई वर्षसम्म फुटबल खेल मैदान बाहिर रहेको थ्री स्टारले आफ्नो क्लबको लोगोमा पहिलोपटक प्रदेश १ को खेलकुद सिटी घोषणाको पूर्वसन्ध्यामा आकर्षक इटहरी रङ्गशालामा भाग लिँदै यतिधेरै राशिको पुरस्कारमाथि बाजी मारयो भने क्लबबाट खेलिरहेका खेलाडीहरूले व्यक्तिगत आर्थिक लाभका नगद पुरस्कारहरू समेत प्राप्त गर्दै एक दिनअघि सञ्चारकर्मीसँग गरेको उपाधि जित्ने घोषणाको दाबी सफल पारयो ।
प्रतियोगितामा थ्री स्टारका अनन्त तामाङ सर्वोत्कृष्ठ खेलाडी घोषित बन्दै रु २५ हजार र ४२ इन्चको कलर टेलिभिजन प्राप्त गरेका छन् । त्यसैगरी सोही क्लबका प्रशिक्षक मेघराज केसीले उत्कृष्ठ प्रशिक्षकको उपाधिसहित रु २० हजार प्राप्त गरे ।
यसैगरी, थ्री स्टारकै गोलरक्षक एलेन न्यौपानेले उष्कृष्ठ गोल रक्षकको उपाधिसहित रु २० हजार प्राप्त गरे भने अजय मार्टिनले उत्कृष्ट मिडफिल्डर घोषित हुँदै रु २० हजार प्राप्त गरेका छन् ।
उपविजेता मनाङले रु पाँच लाख हात पारयो । त्यसैगरी, सोही क्लबका तर्फबाट सुजल श्रेष्ठले सर्वाधिक गोलको उपाधिसहित रु १५ हजार प्राप्त गरे भने मिडफिल्डतर्फ मनाङका हेमन गुरुङले रु २० हजार र राइजिङ्ग प्लेयरतर्फ आयोजक राजा क्लबका खेलाडी विजय राई घोषित हुँदै रु १० हजार प्राप्त गरे ।
विजेता तथा उपविजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले शिल्ड र उपाधि प्रदान गरे ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा