विभिन्न देशका लागि राजदूत नियुक्त

राजदूत झवीन्द्रप्रसाद अर्याल

काठमाडौँ, १२ माघ – राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी महासंघका लागि नेपाली राजदूत ऋषिराम घिमिरेलाई गणतन्त्र काजकस्थानको गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

त्यसैगरी उहाँले अरब गणतन्त्र इजिप्टका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याललाई जोर्डन अधिराज्य र क्यानडाका निम्ति नेपालका राजदूत कालीप्रसाद पोखरेललाई जमैकाको गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूतत्रयलाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको हो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री