काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशलाई आर्थिक रुपमा कंगाल बनाउन खोजेको आरोप लगाएका छन् ।
बिहीबार पार्टी कार्यलय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले जाने बेला विभिन्न निर्णयहरु गरेर देशलाई आर्थिक संकटमा पार्न खोजेको बताए ।
वर्तमान सरकारका आर्थिक क्रियाकलाप र ६५ वर्ष पुगेकालाई वृद्धभक्ता दिनेजस्ता निर्णयप्रति ओलीले कटाक्ष गरे । ‘यो सरकार निर्लज्ज भयो, कुनै उत्तरदायित्व होइन्, देशलाई बोझ बोकाउने काम भयो,’ उनले भने, ‘अरुले जिते भने देशलाई कंगाल नै बनाइदिने ?’ उनले ६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय लोककल्याणकारी र जनताप्रतिको उत्तरदायित्वबाट नभई देशलाई आर्थिक भार बोकाउने उद्देश्यले ल्याइएको बताए ।
ओलीले संविधान, कानुन र राष्ट्रहित विपरितका निर्णय नयाँ सरकारले अस्वीकार गर्ने बताए । उनले नयाँ कर्मचारी भर्ना गर्नुपर्ने बेला ६० अर्ब खर्च गरेर भएका कर्मचारीलाई समेत अवकास दिने खोजिएको भन्दै आलोचना गरे ।
उनले सिमाना मिचिएको विषयमा सरकारले केही नबोलेको भन्दै सिमाना मिचिएको विषय आफूलाई मान्य नहुने बताए ।
ओलीले माओवादी केन्द्रसँगको पार्टी एकीकरण धेरै अगाडि बढिसकेको उल्लेख गर्दै अब पछाडि फर्किने बाटो नरहेको बताए । सो क्रममा ओलीले नवराज सिलवाल र कोमल वलीको समेत बचाउ गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा