काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशलाई आर्थिक रुपमा कंगाल बनाउन खोजेको आरोप लगाएका छन् ।
बिहीबार पार्टी कार्यलय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले जाने बेला विभिन्न निर्णयहरु गरेर देशलाई आर्थिक संकटमा पार्न खोजेको बताए ।
वर्तमान सरकारका आर्थिक क्रियाकलाप र ६५ वर्ष पुगेकालाई वृद्धभक्ता दिनेजस्ता निर्णयप्रति ओलीले कटाक्ष गरे । ‘यो सरकार निर्लज्ज भयो, कुनै उत्तरदायित्व होइन्, देशलाई बोझ बोकाउने काम भयो,’ उनले भने, ‘अरुले जिते भने देशलाई कंगाल नै बनाइदिने ?’ उनले ६५ वर्ष पुगेकालाई वृद्धभत्ता दिने निर्णय लोककल्याणकारी र जनताप्रतिको उत्तरदायित्वबाट नभई देशलाई आर्थिक भार बोकाउने उद्देश्यले ल्याइएको बताए ।
ओलीले संविधान, कानुन र राष्ट्रहित विपरितका निर्णय नयाँ सरकारले अस्वीकार गर्ने बताए । उनले नयाँ कर्मचारी भर्ना गर्नुपर्ने बेला ६० अर्ब खर्च गरेर भएका कर्मचारीलाई समेत अवकास दिने खोजिएको भन्दै आलोचना गरे ।
उनले सिमाना मिचिएको विषयमा सरकारले केही नबोलेको भन्दै सिमाना मिचिएको विषय आफूलाई मान्य नहुने बताए ।
ओलीले माओवादी केन्द्रसँगको पार्टी एकीकरण धेरै अगाडि बढिसकेको उल्लेख गर्दै अब पछाडि फर्किने बाटो नरहेको बताए । सो क्रममा ओलीले नवराज सिलवाल र कोमल वलीको समेत बचाउ गरेका थिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा