लन्डन । हेल्प नेपाल नेटवर्क युकेले मुगु जिल्लाको मुर्मामा स्थापित ‘हेल्प नेपाल हेल्थ पोष्ट’ सन्चालनकालागि झण्डै १७ लाख रुपियाँ सहयोग गरेको छ ।
सन् २००४ मा विकट मुगु जिल्लामा स्वास्थ्यसेवा पुरयाउने उद्देश्यले स्थापना गरिएको सो स्वास्थ्यचौकीमा अहिले एकजना हेल्थ असिस्टेन्ट, एक अहेव, एक अनमी तथा एक सहायक कार्यरत छन् । उनीहरुको तलब, भत्ता, स्वास्थ्यचौकीका लागि आवश्यक औषधि समेतकालागि झण्डै रु १७ लाख बराबरको सहयोग पठाइएको हेल्पनेपाल नेटवर्क युकेका कोषाध्यक्ष सचिन श्रेष्ठले बताए । उक्त स्वास्थ्य चौकीको सन्चालनकालागि स्कटल्याण्डस्थित एभरेष्ट म्याराथन फण्ड लगायतका संघसंस्थाहरुले सघाउँदै आएका छन् ।
हेल्प नेपाल नेटवर्कका अनुसार गत जुलाई २०१६ देखि जुलाई २०१७ को अवधिमा सो स्वास्थ्यचौकीले मुर्मा र वरिपरिका रारा, पिना, सेरी, गाम्ठा लगायत सातवटा विकट गाविसहरुका ४,१७६ जनालाई स्वास्थ्य उपचारसेवा प्रदान गरेको थियो ।
सो अवधिमा स्वास्थ्यचौकीबाट ग्यास्ट्रीक, झाडापखाला, रुघाखोकी, जरोबाट पीडित बिरामीहरुको उपचार गरिएको थियो । त्यस्तै उक्त स्वास्थ्यचौकीले विभिन्न खोप लगाउनुकासाथै गर्भवती महिलाको स्वास्थ्य परीक्षण तथा सुत्केरी सेवा पनि उपलब्ध गराएको थियो ।
यसैगरी सो स्वास्थ्यचौकीले तीनवटा स्थानीय विद्यालयहरुमा स्वास्थ्य शिक्षा कार्यक्रम पनि सन्चालन गरेको थियो ।
हेल्प नेपाल नेटवर्कले नेपालमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माणमा सघाउनुकासाथै तराईमा बाढीबाट पीडित जनसमुदायलाई आपत्कालिन सहायता पनि पुरयाउंदै आएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण