लन्डन । हेल्प नेपाल नेटवर्क युकेले मुगु जिल्लाको मुर्मामा स्थापित ‘हेल्प नेपाल हेल्थ पोष्ट’ सन्चालनकालागि झण्डै १७ लाख रुपियाँ सहयोग गरेको छ ।
सन् २००४ मा विकट मुगु जिल्लामा स्वास्थ्यसेवा पुरयाउने उद्देश्यले स्थापना गरिएको सो स्वास्थ्यचौकीमा अहिले एकजना हेल्थ असिस्टेन्ट, एक अहेव, एक अनमी तथा एक सहायक कार्यरत छन् । उनीहरुको तलब, भत्ता, स्वास्थ्यचौकीका लागि आवश्यक औषधि समेतकालागि झण्डै रु १७ लाख बराबरको सहयोग पठाइएको हेल्पनेपाल नेटवर्क युकेका कोषाध्यक्ष सचिन श्रेष्ठले बताए । उक्त स्वास्थ्य चौकीको सन्चालनकालागि स्कटल्याण्डस्थित एभरेष्ट म्याराथन फण्ड लगायतका संघसंस्थाहरुले सघाउँदै आएका छन् ।
हेल्प नेपाल नेटवर्कका अनुसार गत जुलाई २०१६ देखि जुलाई २०१७ को अवधिमा सो स्वास्थ्यचौकीले मुर्मा र वरिपरिका रारा, पिना, सेरी, गाम्ठा लगायत सातवटा विकट गाविसहरुका ४,१७६ जनालाई स्वास्थ्य उपचारसेवा प्रदान गरेको थियो ।
सो अवधिमा स्वास्थ्यचौकीबाट ग्यास्ट्रीक, झाडापखाला, रुघाखोकी, जरोबाट पीडित बिरामीहरुको उपचार गरिएको थियो । त्यस्तै उक्त स्वास्थ्यचौकीले विभिन्न खोप लगाउनुकासाथै गर्भवती महिलाको स्वास्थ्य परीक्षण तथा सुत्केरी सेवा पनि उपलब्ध गराएको थियो ।
यसैगरी सो स्वास्थ्यचौकीले तीनवटा स्थानीय विद्यालयहरुमा स्वास्थ्य शिक्षा कार्यक्रम पनि सन्चालन गरेको थियो ।
हेल्प नेपाल नेटवर्कले नेपालमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माणमा सघाउनुकासाथै तराईमा बाढीबाट पीडित जनसमुदायलाई आपत्कालिन सहायता पनि पुरयाउंदै आएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा