काठमाडौं-नेकपा एमालेले राष्ट्रियसभाका लागि पार्टीका तर्फबाट उम्मेदवारी दिने २९ जनाको नाम टुंगो लगाएको छ । सोमबार र मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो ।
सोमबार स्थायी समितिको बैठकले ५ नं. प्रदेश, ६ नं. प्रदेश र ७ नं. प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारहरुको नाम टुंगो लगाएको थियो भने मंगलबारको बैठकले १ नं. प्रदेश, २ नं. प्रदेश, ३ नं. प्रदेश र ४ नं. प्रदेशबाट राष्ट्रियसभाका लागि उम्मेदवारहरुको टुंगो लगाएको हो ।
प्रदेश नं. १ बाट एमालेले राष्ट्रियसभामा ५ जना उम्मेदवार तय गरेको छ । यस्तै, २ नं. बाट एक जना, ३ नं. बाट ६ जना, ४ नं. बाट ४ जना, ५ नं. बाट ४ जना र ६ नं. बाट ५ जना राष्ट्रियसभाका लागि उम्मेदवार बनाएको छ ।
यस्तै, ७ नं. प्रदेशबाट भने ४ जना उम्मेदवार चयन गरेको छ ।
यी हुन एमाले उम्मेदार
प्रदेश नं. १
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नं. २
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नं. ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नं. ४
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ
प्रदेश नं. ५
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
प्रदेश नं. ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश नं. ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा