काठमाडौं-नेकपा एमालेले राष्ट्रियसभाका लागि पार्टीका तर्फबाट उम्मेदवारी दिने २९ जनाको नाम टुंगो लगाएको छ । सोमबार र मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो ।
सोमबार स्थायी समितिको बैठकले ५ नं. प्रदेश, ६ नं. प्रदेश र ७ नं. प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारहरुको नाम टुंगो लगाएको थियो भने मंगलबारको बैठकले १ नं. प्रदेश, २ नं. प्रदेश, ३ नं. प्रदेश र ४ नं. प्रदेशबाट राष्ट्रियसभाका लागि उम्मेदवारहरुको टुंगो लगाएको हो ।
प्रदेश नं. १ बाट एमालेले राष्ट्रियसभामा ५ जना उम्मेदवार तय गरेको छ । यस्तै, २ नं. बाट एक जना, ३ नं. बाट ६ जना, ४ नं. बाट ४ जना, ५ नं. बाट ४ जना र ६ नं. बाट ५ जना राष्ट्रियसभाका लागि उम्मेदवार बनाएको छ ।
यस्तै, ७ नं. प्रदेशबाट भने ४ जना उम्मेदवार चयन गरेको छ ।
यी हुन एमाले उम्मेदार
प्रदेश नं. १
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नं. २
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नं. ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नं. ४
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ
प्रदेश नं. ५
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
प्रदेश नं. ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश नं. ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा