
काठमाडौँ, ९ माघ – वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन् ।
नेकपा (एमाले) संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान भएको संयुक्त छलफलमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको जनादेशबमोजिम मुलुकलाई अगाडि बढाउने विषयमा छलफल सकारात्मक देखिएको एमाले स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले बताउनुभयो । ठोस सहमति भएमा गठबन्धन र मधेशी दलबीच आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा तालमेल हुने भएको छ ।
एमाले र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धन तथा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालका नेताबीचको सो छलफलपछि समग्र मुलुकमा एमाले र प्रदेश नं २ मा मधेशी दललाई नेतृत्व गर्न प्राप्त जनादेशबमोजिम अघि बढ्न छलफल गरिएको थियो ।
माओवादी केन्द्रका नेता मातृका यादवले विस्तृत छलफलका लागि आफूहरुको आजै अपराह्न ३ बजे बैठक पुनः बस्ने जानकारी दिनुभयो । बैठकमा एमालेका नेम्वाङ र अग्निप्रसाद खरेल, केन्द्रका वर्षमान पुन र यादव, राजपाका सर्वेन्द्रनाथ शुक्ल र केशव झा तथा फोरमका राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा