
नेपाल नर्सिङ संघले नेतृत्व गरेको आन्दोलनमा युवा नर्सहरुको ऐक्यवद्धता भन्ने नारासहित काठमाडौँको माइतीघरमा बुधबार प्रदर्शन गर्दै नर्सहरु । तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, ३ माघ – स्वास्थ्य मन्त्रालयले आज आन्दोलनरत नेपाल नर्सिङ संघसँग वार्ता गर्न समिति गठन गरेको छ ।
मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समितिमा डा गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा सदस्य हुनुहुन्छ ।
समितिका संयोजक डा श्रेष्ठले आज संघलाई लिखित रुपमा वार्ताका लागि अपिल गरेपछि भएको द्विपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेको जानकारी दिनुभयो । ‘आज वार्ताका लागि बस्न ढिला भयो, सबै विषयमा छलफल गर्न पाइएन, यो मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले जतिसक्दो छिटो टुङ्गोमा पुरयाउने प्रयास गरिरहेका छौँ,’–उहाँले भन्नुभयो- ‘वार्ता भोलि पनि जारी रहनेछ ।’
संघका कावा अध्यक्ष गंगा थापाले आज सामान्य छलफल मात्र भएकाले बिहीबार बिहान ११ बजे औपचारिक वार्ता हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आज संघ र संघका पदाधिकारी मात्र वार्तामा थियौँ, भोलि वार्ता टोलीपनि गठन गरी औपचारिक रुपमा वार्तामा जान्छौँ ।’
‘विदेश पलायन रहर नभई बाध्यता’
यसैबीच, नेपाल नर्सिङ संघले विभिन्न ११ बुँदे माग राख्दै आठ दिनदेखि गरेको आन्दोलनमा युवा नर्सहरुले पनि समर्थन जनाएका छन् । विभिन्न अस्पतालमा कार्यरत युवा नर्सहरुले आज माइतीघरबाट बानेश्वरसम्म संयुक्त रयाली निकाली संघको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पसकी स्ववियू सभापति विमला धमलाले विदेश पलायन नर्सको रहर नभइ बाध्यता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पेशागत सम्मान र सुरक्षा हुनुपर्छ, नर्सिङ संघले राखेका मागमा हाम्रो पूर्ण समर्थन छ, हामीलाई स्वदेशमै ससम्मान काम गरी आफ्नो र परिवारको सपना पूरा गर्ने वातावरण हुनुपर्छ ।’
जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गर्नुपर्ने, निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सलाई तहगतरूपमा उचित पारिश्रमिक दिनुपर्ने, स्वयंसेविकाका नाममा नर्समाथि हुने श्रम शोषण बन्द गर्नुपर्ने, सार्वजनिक–निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कूल तथा उद्योगमा गुणस्तरीय नर्सिङ सेवा उपलब्ध गराउनुपर्नेलगायतका माग संघले अघि सारेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]