त्रिपोली, लिविया, १ माघ – आप्रवासी शरणार्थी सम्बन्धि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले सन् २०१७ मा यूरोप तथा अमेरिका हिँडेका करिब २० हजार गैरकानूनी आप्रबासी शरणार्थीलाई आफ्नो देश फिर्ता गरिएको जनाएको छ ।
उक्त संस्थाले सन् २०१७ मा मात्र २० हजार जना गैरकानूनी आप्रबासी शरणार्थीलाई सम्बन्धित देशको राजधानीमा हवाई मार्गमार्फत फिर्ता पठाइएको जनाएको हो ।
आइओएमले स्वयंसेवी विभाग ‘भोलुन्टरी रिटर्न प्रोग्राम’ नै राखेर यसरी गैरकानुनी रुपमा विदेश हिँडेका आप्रवासीलाई स्वदेश फर्काइएको बताएको छ । स्वदेश पठाइएका आप्रवासीमध्ये प्रायजसो विभिन्न अफ्रिकी तथा एसियाली देशका नागरिक रहेको पनि उक्त संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।
आप्रवासीले पछिल्लो समयमा उनीहरुको यूरोप तथा अमेरिका प्रस्थान गर्ने मुख्य गन्तव्यको विन्दु लिवियालाई बनाउंदै आएका छन् ।
सो देशमा विभिन्न देशका गैरकानुनी आप्रवासीहरुले गन्तव्यको एक ‘ट्रान्जिट’ बनाउँदा केही बर्षदेखि सो मुलुकको अवस्था पनि अस्तव्यस्त बनेको समाचारमा जनाइएको छ ।
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’