धनगढी- यहाँ भएको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिमाथि विभागीय टोली त्रिभुवन आर्मी क्लबले कब्जा जमाएको छ ।
स्थानीय रङ्गशालामा सोमबार भएको फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई आर्मीले विजय प्राप्त गरेको थियो । निर्धारित समयमा कुनै पनि टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत् निकालिएको थियो । आर्मीले एपिएफलाई पेनाल्टी सुट आउटमा चारविरुद्ध पाँच गोलले पराजित गरेको हो । उपाधिसँगै आर्मीले रु ११ लाख ११ हजार १११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
एपिएफका सुदीप सिन्ग्राकारले हानेको प्रहार खम्बामा लागेर फर्किएपछि एपिएफले उपविजेतामा चित्त बुझाउन परेको हो । एपिएफले रु पाँच लाख ५५ हजार ५५५ मा चित्त बुझाएको छ । उपाधि जितेपछि प्रतिक्रिया दिँदै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले लगातार दुई खेल खेल्दा विपक्षीले राम्रो खेले पनि पेनाल्टीमा भाग्यले साथ दिएका कारण उपाधि चुमिएको बताए । एपिएफएका प्रशिक्षक रत्नकाजी महर्जनले राम्रै खेले पनि पाएका केही मौका चुकाउँदा पेनाल्टीमा खेल गुमाइएको बताए ।
प्रतियोगिता अवधिभर आर्मीका कप्तान भरत खवासले उत्कृष्ट खेलाडी हुँदै पुरस्कारस्वरुप यामाहा मोटरसाइकल पाए । यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर एपिएफका टोप विष्ट, उत्कृष्ट फरवार्ड आर्मीका सन्तोष तामाङ र राइजिङ प्लेयर सुदूरपश्चिम–११ का गोलकिपर अमानत शेखलाई घोषणा गरिएको छ । सबै विधाका उत्कृष्ट खेलाडीले जनही रु १५ हजार पुरस्कार पाएका छन् ।
उपाधि विजेता र उपविजेतालाई प्रतियोगिता समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पुस्कार प्रदान गरे । गत पुस २१ गतेदेखि शुरु भएको प्रतियोगितामा ए डिभिजनका १२ टोलीको सहभागिता थियो ।
पुरस्कार राशि दोब्बर
सर्वाधिक पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा अर्को वर्ष झन्डै दोब्बरले वृद्धि हुने घोषणा गरिएको छ । तेस्रो संस्करणको खप्तड गोल्ड कपको विजेतालाई रु २१ लाख पुरस्कार दिइने आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले समापन समारोहमा घोषणा गरे ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण