धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने बताएका छन् । सात नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरी धाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेला, २०७४’ को आज उद्घाटन गर्दै उनले राष्ट्रियसभाको चुनावपछि आफू सरकारबाट बाहिरिने स्पष्ट गरे ।
उनले आफ्नो व्रतबन्ध भएको ठाउँ कैलालीको गोदावरीधामको विकासका लागि आफ्नो सक्दो सहयोग रहने बताउँदै सो क्षेत्रको पवित्रता र धार्मिक महत्व बढ्दै जानुपर्ने बताए ।
सो अवसरमा कैलाली निर्वाचन क्षेत्र नं ५ बाट नवनिर्वाचित सांसद नारदमुनि रानाले चुनावमार्फत आएको नयाँ जनादेशबमोजिम मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
गोदावरीधाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्र राशी दर्शन मकर मेला गर्ने योजनाअनुसार यस वर्ष बाह्र राशी दर्शन मकर मेला गरिएको आयोजक समितिले जनाएको छ ।
प्रत्येक वर्ष कुनै एक राशीमा कुम्भमेलाको योग पर्ने भएको शास्त्रीय मान्यतानुसार प्रत्येक वर्ष कुम्भमेलाको प्रतीकका रुपमा १२ दिवसीय बाह्र राशी दर्शन मेलाको आयोजना गरिएको आयोजक समितिका संयोजक पदमराज जोशीले बताए ।
गोदावरी धाममा बाह्रराशीको स्थापना गरी प्रत्येक राशिका व्यक्तिलाई दर्शन एवं पूजाको व्यवस्था मिलाइएको छ । त्यहाँ स्थापना गरिएको कुम्भबाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षत्र र बाह्र आदित्यको स्थापना गरी दर्शन एवं पूजाको व्यवस्थासमेत गरिएको छ । मेला माघ १ देखि १२ गतेसम्म लाग्ने जनाइएको छ ।
हरेक वर्ष मकर सङ्क्रान्तिका दिन गोदावरीमा मेला लाग्दै आएको छ । सप्त गोदावरीमध्येको प्राचीन गोदावरी धामस्थित गोदावरी नदीमा भगवान् श्रीकृष्णले स्नान गरेको जनविश्वास छ ।
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउद, मकर मेला आयोजक समितिका संयोजक जोशी, सहसंयोजक मदनराज पाण्डेय, हरिलाल गिरीलगायतले धामको विकासका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने