काठमाडौं- नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नका लागि मापदण्ड तयार पारेको छ । शुक्रबार एमाले मुख्यालय धुम्बाराहीमा बसेको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार बन्नका लागि ६ वटा मापदण्ड बनाएको हो ।
उसले पार्टीमा लामो योगदान दिएको, स्थानीय, प्रदेश सभा तथा प्रतिनिधीसभामा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नरहेका, संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका ब्यक्तिलाई उम्मेदवार बनाउने जनाएको छ ।
यस्तै एमालेबाट राष्ट्रिसभाको उम्मेदवार बन्नका लागि भौगोलिक र समाजिक सन्तुलन, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरु, पार्टीमा वैचारिक आवद्धता राख्दैं समाजसेवा, संस्कृति कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुरयाएको हुनुपर्नेछ ।
निर्वाचन आयोगले २४ माघका लागि राष्ट्रिसभा निर्वाचनको घोषणा गरेको छ । त्यसका लागि ७ गते नामावली प्रकाशन, १० गते मनोनयन दर्ता र १५ गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम निर्वाचन आयोगको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने