काठमाडौं—सरकारले ३८ वर्षअघि धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । शुक्रबार विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
२०३६ सालको कात्तिकमा धनकुटाको छिन्ताङमा प्रहरीको गोली लागेर १६ जनाको हत्या भएको थियो । तत्कालीन समयमा भूमिगत राजनीति गरिरहेको नेकपा मालेका गतिविधी नियन्त्रणको बहानामा उक्त क्रुर गोलीकाण्ड मञ्चन गरेको थियो ।
तर, त्यसको ३८ वर्षपछि सरकारले उक्त गोलीकाण्डमा मारिएका १६ जनालाई नै सहिद घोषणा गरेको हो ।
यस्तै, आजको बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी मुकाम तोक्ने अपेक्षा गरिएको थियो । तर, आजको मन्त्रिपरिषदको बैठकले यी दुवै निर्णय नगरेको सरकार प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
काठमाडौंकी साम्राज्ञी मोक्तान बन्नुभयो १८ औं मिस तामाङ
गीतकार एवं कवि अधिकारीसहित सात स्रष्टालाई अमेरिकामा सम्मान गरिँदै
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै