काठमाडौं—सरकारले ३८ वर्षअघि धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । शुक्रबार विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
२०३६ सालको कात्तिकमा धनकुटाको छिन्ताङमा प्रहरीको गोली लागेर १६ जनाको हत्या भएको थियो । तत्कालीन समयमा भूमिगत राजनीति गरिरहेको नेकपा मालेका गतिविधी नियन्त्रणको बहानामा उक्त क्रुर गोलीकाण्ड मञ्चन गरेको थियो ।
तर, त्यसको ३८ वर्षपछि सरकारले उक्त गोलीकाण्डमा मारिएका १६ जनालाई नै सहिद घोषणा गरेको हो ।
यस्तै, आजको बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी मुकाम तोक्ने अपेक्षा गरिएको थियो । तर, आजको मन्त्रिपरिषदको बैठकले यी दुवै निर्णय नगरेको सरकार प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा