
एन्फाको खेल मैदान सातदोबाटोमा बिहीबार भएको राखेप च्याम्पियनसिप –२०७४ अन्तर्गत १६ औँ महिला राष्ट्रिय लिग फुटबलमा विजयपछि नेपाल एपिएफ टिमका खेलाडी पुरस्कार र ट्रफीका साथमा । तस्बिर – नवीन पौडेल
काठमाडौँ, २७ पुस – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत सोह्रौँ राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।
एपिएफको जीतमा सावित्रा भण्डारीले दुई गोल गरिन् । सावित्रीले १७ औँ र ७५औँ मिनेटमा दुई तथा सरु लिम्बूले १९ औँ मिनेटमा एक गोल गरे । चौँतीसौँ मिनेटमा पुलिसकी नीरु थापाले गोल गरेकी थिइन् । सुपर लिगमा सबै तीन खेल जित्दै एपिएफ ९ अंक जोडेर च्याम्पियन बनेको हो ।
एपिएफले सोमबार आर्मी र मंगलबार सुदूरपश्चिमललाई जितेको थियो । यस्तै सुपर लिगमा दुई खेल जितेको आर्मी दोस्रो तथा एक खेल जितेको पुलिस तेस्रो भए । सुदूरपश्चिमले भने सुपर लिगमा कुनै खेल जित्न सकेन ।
समूह चरणमा एपिएफले पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र आर्मीलाई पराजित गरेको थियो । च्याम्पियन एपिएफले रु दुई लाख ट्रपी र पदक, उपविजेता आर्मीले रु एक लाख तथा तेस्रो पुलिसले रु ५० हजार प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत एपिएफकी एन्जिल तुम्बापो उत्कृष्ट गोलरक्षक, सावित्रा उत्कृष्ट फरवार्ड तथा जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै आर्मीका अञ्जली वाइबा उत्कृष्ट डिफेण्डर तथा दीपा राई उत्कृष्ट मिडफिल्डर चुनिए । व्यक्तिगततर्फ उत्कृष्ट हुनेले जनही रु २५ हजार प्राप्त गरे ।
विजेता तथा उपविजेता टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यही पुस १६ गतेदेखि शुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र तथा विभागीय गरी आठ टोलीको सहभागिता थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा