काठमाडौं-निर्वाचन आयोगले २४ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले बिहीबारदेखि लागु हुने गरी सातवटै प्रदेशमा उच्च अदालत रहेका जिल्लाका न्यायाधीसलाई निर्वाचन अधिकृत तोकेको हो ।
आयोगले प्रदेश नं १ मा राजकुमार खतिवडालाई निर्वाचन अधिकृत नियुक्त गरेको छ । उनी मोरङ जिल्ला अदालतका न्यायाधीस हुन् । यस्तै २ नम्बर प्रदेशको निर्वाचन अधिकृतमा धनुषाका न्यायाधीस राधाकृष्ण उप्रेती, ३ नं प्रदेशमा ललितपुरका न्यायाधीस बालमुकुन्द दवाडी, प्रदेश नं ४ को निर्वाचन अधिकृतमा कास्कीका न्यायाधीस दीपेन्द्र अधिकारी नियुक्त भएका छन् ।
यस्तै, प्रदेश नं ५ को निर्वाचन अधिकृतमा दाङका न्यायाधीस हेमन्त रावल, ६ नं. प्रदेशको निर्वाचन अधिकृतमा सुर्खेतका न्यायाधीस मेदिनीप्रसाद पौडेल र ७ नं प्रदेशको निर्वाचन अधिकृतमा डोटीका न्यायाधी जयानन्द पनेरु नियुक्त भएका छन् । आयोगले शनिबारदेखि कार्यलय सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
आयोगले १ नं. प्रदेशको मोरङ, २ नं. को जनकपुर र ३ नं. को ललितपुरमा मतदान गराउने भएको छ । यस्तै ४ नम्बर प्रदेशको कास्की, ५ नं. प्रदेशको दाङ, ६ नं प्रदेशको वीरेन्द्रनगर र ७ नं प्रदेशको दीपायलमा मतदान गराउने निर्णय गरेको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा