बुधबार, कार्तिक १२ २०७७ | Wed, October 28, 2020
नेपालको समय: ०७:५६ | UK Time: 02:11

स्वास्थ्य समस्या भएपछि डा. केसी वीर अस्पतालमा

रासस
२०७४ पुष २५ गते १८:३५

सोमबार राति पक्राउ गरिएका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई उपचारका लागि मंगलबार साँझ बीर अस्पतालको विरामी रेजिडेन्टहरुका लागि छुट्याइएको कोठा (क्याविन ९) भर्ना गरी उपचार गर्दै । तस्बिर – रत्न श्रेष्ठ, रासस

काठमाडौँ, २४ पुस – प्रहरीले डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि वीर अस्पताल लगेको छ ।

सर्वोच्च अदालतमा आज बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश दियो । तर प्रहरीले सिंहदरबार बृत्त लैजाने क्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको हो ।

डा केसीका सहयोगी डा तोसीमा कार्कीका अनुसार डा केसीको स्वास्थ्यमा आज दिउँसोदेखिनै समस्या आएको र रक्तचाप घटेको थियो, त्यसैले उहाँलाई अस्पताल ल्याइएको हो । प्रहरीले डा केसीको मोबाइल उहाँलाई नदिएको पनि डा तोसीमाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक