काठमाडौँ, २४ पुस – सरोकारवालाले रानीपोखरी पुनःनिर्माण पनि पुरानै शैलीमा गरिनुपर्नेमा जोड दिएका छन् ।
रानीपोखरी भित्रको मन्दिर निर्माणका क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न यही पुस १३ गते पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह निर्माण गठन गरिएको थियो ।
उक्त समूहले गत मंगलबारबाट पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणको धारणा लिन सुझाव आह्वान गरेको थियो । समयसीमाभित्रै रहेर प्रायः सबै सर्वसाधारणले पुरानै शैलीमा रानीपोखरीको पुनःनिर्माण गर्न सुझाव दिएका कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माले राससलाई जानकारी दिनुभयो ।
ऐतिहासिक महत्व बोकेको रानीपोखरी पुनःनिर्माण पनि पुरानै शैलीमा हुनुपर्ने उनीहरुको जोडदार माग रहेको विज्ञ समूहको संयोजकसमेत रहनुभएका शर्माले बताउनुभयो ।
सर्वसाधारणले विज्ञ समूहको सचिवालय राष्ट्रियसभा गृह, इमेल र फोनमार्फत आ–आफ्ना सुझावका दिएका थिए । देशविदेशका धेरै पवित्र नदीका जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ को नामले परिचित सो पोखरीको मन्दिर पुनःनिर्माणका क्रममा कङ्क्रिट प्रयोग भएपछि विवाद उत्पन्न भएको थियो ।
सुझावका आधारमा पोखरीको उत्खनन पनि गरिनेछ । प्रताप मल्लकालीन शैलीमै रानीपोखरी पनि पुनःनिर्माण गरिने निर्णय पनि भइसकेको छ । विसं २०७२ को भूकम्पले करिब ४०० वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो ।
यता विज्ञ समूहले पनि आजदेखि प्रतिवेदन तयार पार्न शुरु गरेको छ । पुस १३ गते बसेको महानगरपालिकाको बैठकले १५ दिन भित्र प्रतिवेदन तयार पार्न सो समूमहलाई निर्देशन दिएको थियो । समूहले पुस २७ गते प्रतिवेदन पेश गर्नुपर्नेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?