वासिङ्टन, २३ पुस – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उहाँको विषयमा आधारित रहेर हालैमात्र प्रकाशन गरिएको एक पुस्तकलाई काल्पनिक पुस्तक भन्नुभएको छ ।
उहाँलाई सो पुस्तकमा अस्थिर मानिस र राष्ट्रपति पद सम्हाल्नका लागि असक्षम व्यक्ति भनेर टिप्पणी गरिएको छ । तर, यसलाई उहाँले एउटा पुस्तक कति काल्पनिक हुन्छ भनेर सोही पुस्तकलाई हेरे हुने प्रतिक्रिया दिनुभएको हो ।
उहाँले आफू राष्ट्रपति पद सम्हाल्न सक्षम रहेको भन्दै यस्ता पुस्तकहरुले लेख्दैमा मेरो चरित्रमा कुनै फरक नपर्ने र असक्षम भनी यस्ता काल्पनिक कथाहरुले लेख्दैमा नहुने प्रतिक्रिया पनि दिनुभएको छ ।
माइकल वूल्फद्वारा लिखित सो पुस्तक सार्वजनिक भएपछि उहाँको यो प्रतिक्रिया आएको हो । सो पुस्तकमा राष्ट्रपति पदका लागि उहाँ योग्य व्यक्ति नरहेको आरोप लगाइएको छ ।
प्रयः विवाद आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विषयमा यो अर्को विवाद सुरु भएको छ । साथै उहाँले पुस्तक लेखकलाई धोकेबाजको संज्ञा दिएकोले पनि आगामी केही समय राष्ट्रपति ट्रम्प र पुस्तकका लेखकबीच विवादहरु उत्पन्न हुनसक्ने अनुमान गरिएको छ ।
उहाँले आफ्नो निर्वाचनका समयमा रूससँग निर्वाचनका विषयमा सम्बन्ध भएको भन्ने आरोप पनि काल्पनिक भएको बताउनुभएको छ । उहाँले आफ्ना कैयौँ ट्विटर सन्देशहरूमा आफू एकजना सक्षम र स्थिर व्यक्ति भएको पनि बताउनुभएको छ ।
माइकल वुल्फद्वारा लिखित ‘फायर एण्ड फ्युरी- इन्साइड दि ट्रम्प ह्वाइट हाउस’ नामको पुस्तक सार्वजनिक गरेका छन् । सो पुस्तक करिब २०० वटा अन्तर्वार्तामा आधारित रहेर तयार गरिएको लेखकले बताएका छन् ।
सो पुस्तकमा राष्ट्रपति ट्रम्पलाई केटौले पाराको व्यक्ति भनी चित्रण गरिएकोले अमेरिकाका विभिन्न सञ्चारमाध्यमले सो विषयलाई निकै प्रचार गरेका छन् ।
त्यसैले पनि राष्ट्रपति ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति पदका लागि एकदमै सक्षम व्यक्ति भएकोले नै अमेरिकी नागरिकले आफूलाई चयन गरेको बारम्बारको आफ्नो ट्विटरमार्फत बताउनुभएको छ ।
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल भारतको नयाँ दिल्लीमा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग