वासिङ्टन, २३ पुस – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उहाँको विषयमा आधारित रहेर हालैमात्र प्रकाशन गरिएको एक पुस्तकलाई काल्पनिक पुस्तक भन्नुभएको छ ।
उहाँलाई सो पुस्तकमा अस्थिर मानिस र राष्ट्रपति पद सम्हाल्नका लागि असक्षम व्यक्ति भनेर टिप्पणी गरिएको छ । तर, यसलाई उहाँले एउटा पुस्तक कति काल्पनिक हुन्छ भनेर सोही पुस्तकलाई हेरे हुने प्रतिक्रिया दिनुभएको हो ।
उहाँले आफू राष्ट्रपति पद सम्हाल्न सक्षम रहेको भन्दै यस्ता पुस्तकहरुले लेख्दैमा मेरो चरित्रमा कुनै फरक नपर्ने र असक्षम भनी यस्ता काल्पनिक कथाहरुले लेख्दैमा नहुने प्रतिक्रिया पनि दिनुभएको छ ।
माइकल वूल्फद्वारा लिखित सो पुस्तक सार्वजनिक भएपछि उहाँको यो प्रतिक्रिया आएको हो । सो पुस्तकमा राष्ट्रपति पदका लागि उहाँ योग्य व्यक्ति नरहेको आरोप लगाइएको छ ।
प्रयः विवाद आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विषयमा यो अर्को विवाद सुरु भएको छ । साथै उहाँले पुस्तक लेखकलाई धोकेबाजको संज्ञा दिएकोले पनि आगामी केही समय राष्ट्रपति ट्रम्प र पुस्तकका लेखकबीच विवादहरु उत्पन्न हुनसक्ने अनुमान गरिएको छ ।
उहाँले आफ्नो निर्वाचनका समयमा रूससँग निर्वाचनका विषयमा सम्बन्ध भएको भन्ने आरोप पनि काल्पनिक भएको बताउनुभएको छ । उहाँले आफ्ना कैयौँ ट्विटर सन्देशहरूमा आफू एकजना सक्षम र स्थिर व्यक्ति भएको पनि बताउनुभएको छ ।
माइकल वुल्फद्वारा लिखित ‘फायर एण्ड फ्युरी- इन्साइड दि ट्रम्प ह्वाइट हाउस’ नामको पुस्तक सार्वजनिक गरेका छन् । सो पुस्तक करिब २०० वटा अन्तर्वार्तामा आधारित रहेर तयार गरिएको लेखकले बताएका छन् ।
सो पुस्तकमा राष्ट्रपति ट्रम्पलाई केटौले पाराको व्यक्ति भनी चित्रण गरिएकोले अमेरिकाका विभिन्न सञ्चारमाध्यमले सो विषयलाई निकै प्रचार गरेका छन् ।
त्यसैले पनि राष्ट्रपति ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति पदका लागि एकदमै सक्षम व्यक्ति भएकोले नै अमेरिकी नागरिकले आफूलाई चयन गरेको बारम्बारको आफ्नो ट्विटरमार्फत बताउनुभएको छ ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार