लन्डन । ‘म मौनतामा अल्झिरहेको एउटा जीवन….।’ हो, पप सम्राट ओमविक्रम बिष्ट अहिले मौन छन् गीत जस्तै । अस्वस्थ्य छन्, आवाज निस्कन्न । दुबै मृगौलाले काम गर्न छाडेका छन् । हाल अमेरिकामा आफ्नो पुनर्जीवनको प्रार्थना गरिरहेका छन् बिष्ट । देश विदेशबाट उनको शीघ्र स्वास्थ्य लाभको कामना भइरहेको छ । शुभचिन्तक र विभिन्न संघसंस्था उनको उपचार सहयोगार्थ चन्दा संकलनमा जुटिरहेका छन् ।
यसै सिलसिलामा बिष्टको उपचारार्थ बेलायतमा समेत चन्दा संकलन शुरु गरिएको छ । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आर्थिक संकलन शुरु गरेको हो । यो अभियानको नेतृत्व सोलिसिटर एवं एनआरएनए यूके सल्लाहकार राजु थापाले गरेका छन् । एनआरएनए यूके उपाध्यक्ष एवं च्यारिटी विभाग संयोजक प्रेम गाहामगरले गायक बिष्टको नाजुक स्वास्थ्यस्थिति अवगत गराउंदै आर्थिक सहयोग गर्न संघको अघिल्लो बैठकमा प्रस्ताव गरेपछि एनआरएनए यूकेले सोलिसिटर थापालाई संयोजक तोकेको थियो । अभियानमा थापा, गाहामगर, महासचिव राजकुमार त्रिपाठी लगायत सक्रिय छन् ।
सोलिसिटर थापाले नेपालका पप सम्राट बिष्टको उपचारमा सघाउन बेलायतस्थित समस्त नेपालीमा अपिल गरेका छन् । ‘गायक बिष्ट नेपालको राष्ट्रिय गायक मात्र होइनन्, उनी देशको धरोहर र इतिहास पनि हुन्’, थापाले भने, ‘थोरै भएपनि सहयोग गरेर उनलाई बचाउनु पर्ने दायित्व हामीमा आएको छ । कृपया यस अभियानमा तपाईंहरु सबैको सहयोग भए उनी बांच्नेछन् ।’ थापाका अनुसार, भारतमा दुवै मृगौला फेर्न करिब तीस लाख भारु आवश्यक पर्ने भएकाले महिना दिनसम्म अभियान जारी राखी संकलित रकम जति हुन्छ, बिष्टलाई हस्तान्तरण गरिने छ ।
चर्चित साहित्यकार दौलत विक्रम बिष्टका माहिला छोरा ओम सानै देखि संगीतमा तल्लीन थिए । दश वर्षको उमेरमै बिष्टले ‘अल नेपाल म्यूजिक कम्पिटिसन’ मा भाग लिएका थिए । संगीत करिअरको तीन दशकमा उनले कयौं पप तथा आधुनिक गीत गाएका छन् । उनले तत्कालिन राजा महेन्द्रबाट छिन्नलता पुरस्कार, स्वर्गीय युवराज दीपेन्द्रबाट मिलेनियम अवार्ड २००२, मलेसियामा गोल्डेन काइट अवार्ड लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाइसकेका छन् । मौलिक नेपाली संगीतको दबदबा भइरहंदा बिष्टले नेपालमा पृथक पप संगीत भित्रयाएर नयां आयाम थपेका थिए ।
बिष्टलाई यसअघि क्षेत्री समाज बेलायतले पनि एक हजार पाउण्ड सहयोग गरेको थियो ।
बिष्टलाई आर्थिक सहयोग गर्न इच्छुकले निम्न बैंक खातामा पैसा डिपोजिट गर्न सक्नेछन् ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल