
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वामपन्थीमा अधिनायकवादको संकेत देखिएको टिप्पणी गरेका छन् । गृहजिल्ला विराटनगर पुगेका कोइरालाले बुधवार आफ्नै निवासमा सञ्चारकर्मीसंग कुरा गर्दै वाम गठबन्धनले राष्ट्रियसभा निर्वाचन सम्बन्धि अध्यादेश रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई दवाव दिएर अधिनायकवादी चरित्र देखाएको बताए ।
‘एमाले माओवादीले जसरी अध्यादेश रोक्न दवाव दिए, त्यो अधिनायकवादको संकेत हो’- उनको भनाई थियो । यद्यपि राष्ट्रपति भण्डारीबाट राष्ट्रियसभा सम्बन्धि अध्यादेश साता अघि स्वीकृत भइसकेको छ ।
नेता कोइरालाले पार्टी सभापतिका लागि आफू पनि योग्य भएको बताए । पार्टीमा सुरु भएको युवालाई नेतृत्व हस्तान्तरण वहस सकारात्मक भएको उनको भनाई थियो । कोइरालाले सरकार निर्माणको सन्दर्भमा देउवाले सरकार छोड्नुपर्ने भनाई राखे । ‘नैतिक रुपमा भन्ने हो भने निर्वाचनमा पराजित भइसकेपछि देउवाजीले सरकारमा बसिरहन सुहाउंदैन’- कोइरालाको धारणा थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा