
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वामपन्थीमा अधिनायकवादको संकेत देखिएको टिप्पणी गरेका छन् । गृहजिल्ला विराटनगर पुगेका कोइरालाले बुधवार आफ्नै निवासमा सञ्चारकर्मीसंग कुरा गर्दै वाम गठबन्धनले राष्ट्रियसभा निर्वाचन सम्बन्धि अध्यादेश रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई दवाव दिएर अधिनायकवादी चरित्र देखाएको बताए ।
‘एमाले माओवादीले जसरी अध्यादेश रोक्न दवाव दिए, त्यो अधिनायकवादको संकेत हो’- उनको भनाई थियो । यद्यपि राष्ट्रपति भण्डारीबाट राष्ट्रियसभा सम्बन्धि अध्यादेश साता अघि स्वीकृत भइसकेको छ ।
नेता कोइरालाले पार्टी सभापतिका लागि आफू पनि योग्य भएको बताए । पार्टीमा सुरु भएको युवालाई नेतृत्व हस्तान्तरण वहस सकारात्मक भएको उनको भनाई थियो । कोइरालाले सरकार निर्माणको सन्दर्भमा देउवाले सरकार छोड्नुपर्ने भनाई राखे । ‘नैतिक रुपमा भन्ने हो भने निर्वाचनमा पराजित भइसकेपछि देउवाजीले सरकारमा बसिरहन सुहाउंदैन’- कोइरालाको धारणा थियो ।
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख