काठमाडौँ, १७ पुस – रानीपोखरीको पुनः निर्माण थाल्नुअघि सर्वसाधारणसँग सुझाव माग्दै उत्खनन गर्नुपर्ने विज्ञहरुले सुझाव दिनुभएको छ ।
पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा विज्ञ समूह बनाइएको थियो । आज पहिलो पटक बसेको उक्त समूहले सर्वसाधारणसँग पनि सुझाव मागेर थप काम गर्नुपर्ने समूहका संयोजकसमेत रहनुभएका काठमाडौँ महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो ।
विवादमा रहेको रानीपोखरी पुनः निर्माणका लागि गत बिहीबार प्रताप मल्लकालीन शैलीमै बनाउने निर्णय गर्दै विज्ञ समूह निर्माण गरिएको थियो । रानीपोखरी पुनः निर्माणबारे सर्वसाधारणसँग विचार लिनका लागि भोलि सूचना निकालिने र सूचना पाँच दिनका लागि रहने पनि शर्माले बताउनुभयो ।
विसं २०७२ को भूकम्पले पूर्ण रुपमा ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा क्षति पुगेको थियो । क्षतिग्रस्त पोखरी पुनः निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि कङ्क्रिट हालेको भन्दै सम्पदाविद्ले विरोध गरेपछि काम अघि बढ्न सकेको छैन ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा