लन्डन । तमुधिं यूकेको १७ औं ल्होछार कार्यक्रमका लागि नेपालबाट कलाकारहरु लन्डन उत्रिएका छन् । बुधबार सांझ गायक गायिका नरजंग गुरुङ र मेलिना राईलाई हिथ्रो टर्मिनल फोरमा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, उपाध्यक्षहरु हितकाजी गुरुङ, नन्दजंग गुरुङ, फोटोपत्रकार मिलन तमु लगायत तमुधिं यूके पदाधिकारीहरुले स्वागत गरेका थिए । ति कलाकारहरुले बेलायतमै रहेका अन्य कलाकारहरु बीमाकुमारी दुरा, धन गुरुङ, अश्मी गुरुङ र मन्जु बिकका साथ ल्होछारमा आफ्नो कला प्रस्तुत गर्नेछन् ।
आगामी ३० डिसेम्बर, २०१७ सांझ रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा ल्होछार कार्यक्रम हुंदैछ । चरा वर्गको विदाइ गर्दै कुकुर वर्गको स्वागत गरेर बेलायतका तमुहरुले तमु जातीको मौलिक महान पर्व ल्होछार मनाउन लागेका हुन् ।
धार्मिक पूजासहित सांस्कृतिक कार्यक्रम गरि ल्होछार मनाइने छ । पूजाका लागि नेपालबाट धर्म गुरुहरु बोलाइएको छ ।
तमुधिं यूके उपाध्यक्ष नन्दजंग गुरुङले ल्होछार कार्यक्रम संयोजन गरेका छन् । बिहान १० बजेदेखि धर्म गुरुहरुबाट धार्मिक पूजा शुरु गरिने छ । सांझ सांस्कृतिक कार्यक्रम, डा. हर्क गुरुङ अवार्ड वितरण, तमुधिं यूकेको मुखपत्र फ्रेंसी विमोचन, राफल ड्र लगायत आकर्षण हुनेछन् । राफल ड्रमा एकतोला सुन र आइ प्याड पुरस्कार राखिएको छ ।
ल्होछारका अवसरमा यूके वा अन्य ठाउंबाट शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने तमु विद्यार्थीहरुलाई अभिनन्दन तथा प्रशंसा पत्र प्रदान गर्ने कार्यक्रम छ । साथै जिसिएसइ र ए लेभलमा राम्रो अंक ल्याइ उत्तिर्ण हुने तमु विद्यार्थीलाई डा. हर्क गुरुङ अवार्ड सम्मान गरिने तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले बताए । अध्यक्ष गुरुङले खी ल्होछारमा उपस्थित भएर उमंगका साथ आफ्नो महान पर्व मनाउन अपिल गरेका छन् ।
उक्त कार्यक्रम राजदूत डा. दुर्गाबहादुर सुवेदीले उद्घाटन गर्नेछन् ।
तस्विरहरु- मिलन तमु
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने