लन्डन । विश्व घुम्ने अभियानमा दौडिएका नेपालका एकजना रंग पत्रकारले लन्डनमा बांड्न खोजेको नागरिक सम्मान बेलायतस्थित अग्रजहरुले वहिष्कार गरिदिएका छन् । मंगलबार सांझ लन्डनको सि एण्ड एल कन्ट्री क्लब, नर्थहोल्टमा आयोजना गरिएको ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान २०१७’ मा छनोट गरिएका अधिकांश व्यक्तित्व अनुपस्थित रहे ।
५१ जनालाई सम्मान गर्ने आयोजकको पूर्व योजना रहेपनि डेढ दर्जनलेमात्र सम्मान ग्रहण गरे, कुल सहभागिता संख्या तीन दर्जन पनि रहेन । कार्यक्रम हुनुअघि नै विभिन्न मिडियामा यसको छनोट प्रक्रिया, स्तर र दिने व्यक्तिको हैसियतमाथि प्रश्नचिन्ह उठेर विवाद उत्पन्न भएपछि प्रमुख अतिथीका रुपमा निम्त्याइएका नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, सांसद बीरेन्द्र शर्मा, इलिङका डेपुटी लिडर रन्जित धीर, इलिङ पूर्व मेयर एवं काउन्सिलर हरबजन कौर र तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले कार्यक्रम रद्द गरे ।
उता, नागरिक सम्मानका लागि छनोट गरिएका व्यक्तित्वहरु प्राध्यापक डा. सूर्य सुवेदी, डा. पदम सिम्खडा, डा. राघवप्रसाद धिताल (ओबिइ), खगेन्द्र नेपाली, डा. बच्चु कैलाश कैनी, गौरिका सिंह, गायिका सितु खरेल, गोर्खा अभियन्ता ज्ञानराज राई, समाजसेवी सूर्य गुरुङ, नवीन गुरुङ, सोलिसिटर राजु थापा, व्यवसायीहरु रबिजंग लामिछाने, महन्त श्रेष्ठ, दीपक श्रेष्ठ, राजन कंडेल, पशुपति भण्डारी, कृष्ण तिमिल्सेना, एनआरएनए अभियन्ता सोम सापकोटा, अर्थ व्यवस्थापनविद विकलचन्द्र आचार्य, दृष्टिबिहीन सृष्टि केसी, कोमल मल्ल, विकास देवकोटा, विजय थापा लगायतले सम्मान अस्वीकार गरे । सम्मानका लागि छनोट गरिएका व्यक्तिहरुले मिडियामा तीव्र विवाद, आयोजकको हैसियत, छनोटमा मापदण्डबिना एकलौटी निर्णय, यसको न्यून महत्व आदिका कारण सम्मान ग्रहण गर्न नगएको बताएका छन् । साथै व्यवसायिक प्रयोजनबाट कार्यक्रम प्रेरित भएपछि आफूहरु त्यहां गएर सम्मान लिनुको कुनै औचित्य नभएको समेत उनीहरुको प्रष्टोक्ति छ ।
बेलायतका सक्रिय पत्रकारहरुमध्ये कुशल श्रेष्ठ बाहेक अन्य कोही पनि कार्यक्रममा देखिएनन् । कार्यक्रममा अतिथीका रुपमा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र महासचिव राजकुमार त्रिपाठीमात्र पुगेका थिए ।
आर के सुवेदीले आफ्नो पृथ्बी परिक्रमा सम्मान अभियान अन्तर्गत बेलायतमा उक्त कार्यक्रम गरेका थिए, कार्यक्रम संयोजन व्यवसायी सुरेन्द्रप्रसाद श्रेष्ठले गरेका थिए ।
नेपालमा ‘बक्स अफिस’ नामक पत्रिका निकाल्ने आरके एनटिभी मेट्रोमा फिल्मी कार्यक्रम समेत चलाउंछन् । उनको मिडियाबाहेक फिल्म अवार्ड वितरणको लोभलाग्दो व्यापार छ । सुवेदीले सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा हाइ अल्टिच्यूड अवार्ड वितरण गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाइसकेको र समुद्रमाथि, समुद्रमुनी, उडिरहेको हवाइ जहाजमा, खाडी मुलुक, युरोप र एसियामा पहिलो पटक नेपाली चलचित्रको अवार्ड वितरण गरेको अस्त्र प्रयोग गर्दै आएका छन् ।
सम्मान पाउने भाग्यमानीहरु
उक्त सम्मान मदन थापा, मनिषकुमार श्रेष्ठ, प्रसुना कंडेल, शर्मिला बर्देवा, बासु शर्मा, सुशील प्रजापति, निलहरि घिमिरे, मनिषा डंगोल, सनमकुमार बैराग, कुशल श्रेष्ठ, शान्ति गुरुङ, सपनकुमार राई, अमृता गिरी गजुरेल, ध्रुव दत्त, सिम्मी पुन, हरिसिंह थापा, मन सुनुवार र सुजानो भन्तेले ग्रहण गरे । सम्मानित हुने केही व्यक्तित्वबाहेक अधिकांशको सामाजिक योगदानबारे प्रश्न चिन्ह उब्जिएको छ । अग्रजहरुले सम्मान ग्रहण गर्न अस्वीकार गरेपछि अन्तिममा नयां अनुहार चयन गरिएको हो ।
यस्तो फितलो कार्यक्रमले सम्मानको महत्व झन् घटेको कतिपयको विश्वास छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण