विराटनगर, ७ पुस – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गर्नुभएको छ ।
विराटनगरमा आज कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उहाँले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि सो बैठक आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
उहाँले अहिले पार्टीको संरचना बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै अब पार्टीको सङ्गठन टोल-टोलसम्म पुरयाउनुपर्ने विषयमा जोड दिनुभयो ।
पार्टीभित्रैबाट अन्तर्घात भएका कारण आफू निर्वाचनमा पराजित भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पत्रकारको जिज्ञासामा उहाँले काँग्रेस अब पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको सङ्गठनमा बढी केन्द्रित हुने स्पष्ट पार्नुभयो ।
पार्टीको महाधिवेशनमा पार्टी सभापति पदका लागि उठ्ने चर्चाको सम्बन्धमा उहाँले भन्नुभयो, ‘आफू राजनीतिक मान्छे भएकाले ईच्छा राख्नु स्वाभाविक हो ।’

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने