लन्डन । बेलायती रातो पासपोर्टको सपना सांच्नेहरु विश्वमै असंख्य छन् । अझ विकासोन्मुख देशका नागरिकलाई यो लिन कम्ती रहर छैन् । नेपालीमा समेत रातो पासपोर्ट आकर्षण अधिक छ । यसकै लागि कतिले लाखौं खर्च गरेका छन्, कतिले नक्कली बिहे गरेका छन् । कति शरणार्थी भए । तर, ब्रेक्जिटपछि रातो पासपोर्टको रंग फेरिने भएको छ । अब निलो रंगले रातोलाई विस्थापित गर्नेछ र नयां पासपोर्टमा सन् १९८० को दशकदेखि रहेको युरोपियन युनियन चिन्ह हटाइने छ ।
सन् १९२१ मा पहिलोपटक बेलायती पासपोर्टमा निलो ‘कभर’ प्रयोग गरिएको थियो तर बेलायत युरोपियन युनियनमा आवद्ध भएपछि सन् १९८८ देखि रातो बनाइएको थियो । बेलायत मार्च २९, २०१९ मा युरोपियन युनियनबाट बहिगर्मन हुने प्रक्रियामा छ ।
यसै वर्षको शुरुमा राहदानी नयां विस्थापित गर्न ४९० मिलियन पाउण्डको सम्झौता भइसकेको छ । होम अफिस मन्त्री ब्रान्डन लिउसले नयां पासपोर्ट अहिलेसम्मकै उच्च प्रविधियुक्त र दुरुपयोग वा नक्कली बनाउन नमिल्ने खालको हुने बताए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा