लन्डन । नेपालका एकजना वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा सिकिस्त बिरामी परेपछि लन्डनमा उपचारार्थ भर्ना भएका छन् । देवकोटाको किंग्स कलेज हस्पिटल, डेनमार्क हिल, ब्रिक्टनमा उपचार भइरहेको लन्डनस्थित दूतावास श्रोतले जानकारी दिएको छ । देवकोटा सिकिस्त विरामी भएर उपचार गराइरहेको भन्ने खबर केही अनलाइन र सामाजिक सञ्जालमा केही दिन यता भाइरल भइरहेको थियो । सामाजिक सञ्जालमा देवकोटालाई क्यान्सर भएको भनि विभिन्न पोष्ट र समाचार आएपनि दूतावासले भने त्यसबारे जानकारी नभएको बताएको छ ।
तत्कालिन राजा ज्ञानेन्द्रको पालामा स्वास्थ्य, विज्ञान तथा प्रविधि मन्त्री समेत भएका डा. देवकोटा बीर अस्पतालको पहिलो न्यूरोलोजिकल ट्रमा युनिटका संस्थापक हुन् । पछिल्लो समय उनी न्यूरो हस्पिटल, बांसबारीका सञ्चालक छन् ।
देवकोटाले बेलायतकै अटकिन्सन मोर्ले हस्पिटल, ग्लास्गो (हाल सेन्ट जर्ज हस्पिटलको एक अंश) मा न्यूरोसर्जरीबारे विशेष प्रशिक्षण लिएका थिए ।
राजनीतिमा समेत विशेष चासो राख्ने गोरखा स्थायी घर भएका देवकोटाले बेला मौकामा विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिइ आफ्नो प्रतिक्रिया व्यक्त गर्दै आएका छन् । पुराना कम्युनिष्ट नेता बाचस्पति देवकोटाका सहोदर भाई भएकाले पनि डा. उपेन्द्रलाई राजनीतिक चासो रहेको ठम्याउन सकिन्छ । उनको सहपाठी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच चर्को प्रतिष्पर्धा रहंदै आएको छ । हालै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा चुनावमा पनि देवकोटा बाम गठबन्धनको चुनावी प्रचार प्रसार, गोरखामा बाबुराम विरुद्ध सक्रिय भएर लागेका थिए ।
सन् १९८९ मा बेलायतमा अध्ययनपछि नेपाल फर्किएर हजारौंको ज्यान बचाएका देवकोटा अहिले आफैं बिरामी भएपछि उनीप्रति सामाजिक सञ्जालमा सद्भाव र सहानुभूति बढेको छ ।
गोरखाको ग्रामीण परिवेशमा हुर्किएर भारत र बेलायतमा अध्ययनपछि उनी स्वदेशमै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गर्ने अठोटले फर्किएका उनका आफन्त बताउंछन् ।
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न