
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मंगलबार नेपाल–चीनसीमा स्थल रसुवागढी नाकामा । उहाँ लगायत अन्य नेताहरुले रसुवागढी भन्सार, लाङटाङ, रसुवागढी–त्रिशूली–गल्छी सडकखण्ड लगायत क्षेत्रको अवलोकन गर्नुभएको हो । तस्वीर सौजन्य – नेकपा एमाले, रासस, नुवाकोट
रसुवा, ४ पुस – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज रसुवाको लाङटाङ र रसुवागढीको अवलोकन भ्रमण गर्नुभएको छ ।
अध्यक्ष ओलीले भूकम्पबाट क्षतिग्रस्त लाङटाङ क्षेत्रको अवलोकनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे गाउँ कमिटीको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ सरकार चाँडै गठन हुने बताउनुभयो ।
अध्यक्ष ओलीले रसुवागढी–केरुङ अन्तर्राष्ट्रिय मार्ग व्यवस्थित गरिनुका साथै आउँदो चैत–वैशाखसम्ममा बेत्रावती–स्याँफ्रुवेंसी मार्ग सञ्चालनमा ल्याइने बताउनुभयो । हाल त्यहाँ नेपाली सेनाले काम गरिरहेको छ ।
गल्छी–रसुवागढी राजमार्ग दुई लेनको बनाइने अध्यक्ष ओलीको भनाइ थियो । ‘अर्को मार्ग पनि चाँडै निर्माण गरिनेछ,’ उहाँले भन्नुभयो ।
रसुवा भन्सार कार्यालयको व्यवस्थापन छिट्टै गरिने तथा रसुवागढी अन्तर्राष्ट्रिय नाका व्यवस्थित गरिने अध्यक्ष ओलीले बताउनुभयो । गोसाइँकुण्ड तीर्थस्थल, लाङटाङ पर्यटकीय क्षेत्रको संरक्षण गरिने उहाँको भनाइ थियो । उहाँले रसुवागढी भएर रेलमार्ग सञ्चालनमा ल्याइने बताउनुभयो ।
सो अवसरमा टिमुरे गाउँ कमिटीका अध्यक्ष कामी नोर्वु तामाङले अध्यक्ष ओलीलाई मागपत्र पेश गर्नुभएको थियो ।
अध्यक्ष ओलीका साथमा एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी स्थायी समिति सदस्य सुवास नेम्बाङ, शंकर पोखरेल, जनार्दन ढकाललगायत नेता रहनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता