लन्डन । दुई वर्ष अघि गएको विध्वंशकारी भूकम्पपछि बेलायतबाट नेपाल गएर सहयोग गर्ने धेरै व्यक्ति तथा संस्थाहरुको नाम मिडियामा छ्याप्छ्याप्ती आए । तर, गोर्खाका एक युवाले आफ्नै जिल्लाको विद्यालय भवन पुनर्निर्माण गर्न संकलन गरेको एक करोड भन्दा बढी सहयोगको कतै चर्चा भएन । ती युवा हुन् रवि थपलिया।
रविले भूकम्प गए लगत्तै लण्डनमा आफू कार्यरत कम्पनीका साथीहरुसंग पहल गरी रकम संकलन गरे र त्यो रकमबाट ९०० केजी चाउचाउ जस्ता सुख्खा खाना, ७५ वटा टेन्ट, ३५ केजी औषधि भूकम्प प्रभावित इलाकामा पठाए । त्यतिमात्रै हैन, उनले उठाएको १३२,००० डलर (एक एक करोड ३२ लाख रुपियाँ भन्दा बढी) सहयोगबाट गोर्खाको जौबारीस्थित श्री परोपकार आदर्श उच्चमाविको पुनर्निर्माण गरिएको छ ।
भूकम्पको केन्द्रविन्दू रहेको बारपाकबाट झण्डै ३० किलोमिटर टाढा रहेको जौबारीस्थित परोपकार आदर्श उमाविमा झण्डै साढे पाँचसय विद्यार्थीहरु रहेका छन् । उमाविमै त्रिविसंग संबन्धन गरी परोपकार आदर्श बहुउद्देश्यीय कलेजमा स्नातक तहको पठनपाठन पनि भैरहेको छ।
भूकम्पका कारण विद्यालयका ३५ मध्ये ३१ वटा कक्षा कोठा ध्वस्त भएका थिए भने बाँकी चारवटा कोठा पनि पठनपाठनकालागि सुरक्षित थिएनन्।
स्थानीय समुदायको सहयोग तथा बेलायतबाट पठाइएको रकम समेत परिचालन गरी १० वटा कक्षा कोठा, एउटा स्टाफ कक्ष तथा शौचालयसहितको विद्यालयको पुनर्निर्माण गरिएको हो।
बेलायतबाट सहयोग जुटाउन आफुलाई साराह मिचेल, प्रविण भट्ट, डेब्बी स्टर्न, सुशीला मंगाभाइ लगायतका साथीहरुले सघाएको भन्दै रविले सबै सहयोगीहरुलाई धन्यवाद दिए।
‘म त एउटा माध्यममात्रै हुँ । कहिल्यै नेपाल नगएका मेरा ब्रिटिश साथीहरुले पनि भूकम्पपछि नेपाललाई सघाउन मन खोलेर सहयोग प्रदान गरे। उनीहरुसबैप्रति म आभारी छु,’ रविले भने।
प्रविण भट्टसंग मिलेर उनले लेखेको कुकरी संबन्धी पुस्तकको बिक्रीबाट प्राप्त ५,००० पाउण्ड पनि उनले गोर्खा पठाएका थिए।
रवि अहिले लण्डनमै नेपालीहरुको स्वामित्वमा रहेको एक कम्पनीमा म्यानेजरको रुपमा कार्यरत छन् ।
विद्यालयको पुनर्निर्माण भएकोमा विद्यालय परिवारले खुसी व्यक्त गरेको छ ।’विद्यालयको पुनर्निर्माणमा सघाउने बेलायतस्थित सबै सहृदयीहरुलाई धन्यवाद दिन चाहन्छौं। यसले हामीलाई पठनपाठनमा निकै ठूलो सहयोग पुगेको छ,’ विद्यालयका प्राचार्य हरिप्रसाद ढकालले भने ।
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न